योगी नरहरिनाथको सम्झनामा कविता वाचन

इनेप्लिज २०७२ फागुन २६ गते १४:०८ मा प्रकाशित

बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 11

देवर्षि । २६ फागुन, काठमाडौं । काठमाडौंमा बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्ती कार्यक्रम शुरु भएको छ । राष्ट्र गुरु योगी नरहरिनाथले वि.सं. २०२२ सालमा स्थापना गर्नुभएको सो संस्थाले पचास वर्ष पार गर्दै गरेको सन्दर्भमा स्वर्ण महोत्सव अर्थात स्वर्ण जयन्ती मनाउन शुरु गरिएको परिषद्ले जनाएको छ ।

बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 10
मङ्गलवार काठमाडौं कमलादीको नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमको आयोजना गरी महोत्सवको शुरुवात भएको छ । त्यसो त महोत्सव चैत्र १, २ र ३ गते परिषद्को केन्द्रीय कार्यालय रहेको स्थान मृगस्थली पशुपतिक्षेत्र काठमाडौंमा थप विभिन्न कार्यक्रमको आयोजना गरी गरिने परिषद्का महासचिव विश्व पोखरेलले न्यूज टिमलाई जानकारी दिनु भएको छ । यसै उपलक्ष्यमा काठमाडौं उपत्यकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई योगी नरहरिनाथको बारेमा निबन्ध लेखाइएको र उत्कृष्ट निबन्धका प्रतियोगीलाई प्रशंसा पत्र प्रदान गर्नको लागि तथा यसै सन्दर्भमा कार्यपत्रको प्रस्तुति सहितको वैचारिक कार्यक्रम प्राज्ञहरूको बीचमा गर्ने लक्ष्य अनुरूप मङ्गलवार प्रज्ञाप्रतिष्ठानमा विशेष कार्यक्रम गरिएको महोत्सवको सह–आयोजक संस्था संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक पदमराज पाण्डेले बताउनु भएको छ ।

बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 9
प्रज्ञाप्रतिष्ठानमा भएको सो कार्यक्रममा काठमाडौं टङ्गाल स्थित बृहस्पति विद्या सदन, ललितपुर जावलाखेल स्थित डि.ए.भि. स्कूल र तिनका विद्यार्थीलाई उत्कृष्ट निबन्ध लेखे वापत प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रा.डा. शास्त्रदत्त पन्तले योगी नरहरिनाथ र बृहद् आध्यात्मिक परिषद्को बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 8
कुलपति गंगाप्रसाद उप्रेतीले योगी नरहरिनाथका कृतिहरूको संरक्षणको लागि प्रतिष्ठानले प्रकाशनमा मद्दत गर्ने आश्वासन दिनु भयो भने बुद्धधर्मका गुरु आचार्य कर्मपाले योगी नरहरिनाथको धार्मिक निष्ठाको बारेमा प्रकाश पार्नु भयो । विश्व हिन्दू महासंघका कार्यवाहक सभापति संहिता शास्त्री अर्जुनप्रसाद बास्तोला, संयुक्त सनातन मोर्चाका संगठन प्रमुख दीपक सुवेदीलगायतले सो कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 7
प्रभा भट्टराई आचार्य, ठाकुर बेलबासे लगायतका कवित्री एवम् कविहरूले योगीको बारेमा मधुर कविता वाचन पनि गरेका थिए । कविता, कार्यपत्र र वक्ताहरूको शब्द एवम् प्रस्तुतिमा योगी नरहरिनाथको व्यक्तित्त्व एवम् योगदान बारेका भावना समेटिएका थिए । कार्यक्रम परिषद्का अध्यक्ष योगी शिरिषनाथको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 6 बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 5 बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 4 बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 3 बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 2 बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 1

प्रतिक्रिया