नेपाली महिला विश्व सञ्जालको लस एन्जल्स च्याप्टर गठन
अमेरिका, लस एन्जल्स, ८ मार्च / नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया , लस एन्जल्स च्याप्टरको आज मार्च ८,२०१६मा १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ ।
आगामी दुई बर्से कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल,कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ , सपना चाकुबजी,उमा बस्नेत ,अमिता पौडेल, कल्पना पौड्याल र मनिता योगी गरी ११ जनाको कार्यसमिति चयन भएको छ भने सल्लहाकार समितिमा उमा कार्की थापा, संगिता लम्साल शिवाकोटी, तारा गुरुङ र लता घिमिरे रहेका छन् । यसै गरी संस्थाको मिडिया कोअर्डिनेटरमा डोल्मा लामा लाई राखिएको छ ।
यस सञ्जालले महिलाहरूको हकहित र अधिकारको लागि पृथक्, सृजनात्मक एंव आम महिलाहरूको आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिहरू गर्ने जानकारी नवगठित सञ्जालका अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया