आइतबार, माघ ४ २०७७
काठमाडौं ०८:२१
वासिङटन डिसी 21:36

महामन्त्रीमा शसांक र कोषाध्यक्षमा सीतादेवी विजयी

इनेप्लिज २०७२ फागुन २५ गते १४:०४ मा प्रकाशित

sasanka-sita-555x335

काठमाडौ, २५ फागुन । नेपाली कांग्रेसको महामन्त्री र कोषाध्यक्ष क्रमस डा. शसांक कोइराला र सीतादेवी यादव विजयी भएका छन ।
बीजयी कोइराला र यादव दुबै सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका उम्मेदवार हुन । महामन्त्री पदमा पराजित केसी र थापा नातामा ज्वाई ससुरा हुन । केसी सस्थापन पक्ष छाडेर नवनिर्वाचित शेरबहादुर देउवा प्यानलबाट र सस्थापन पक्षकै थापा सस्थापन पक्षका अर्का सभापति उम्मेदवार कृष्णप्रसाद सिटौला प्यानलबाट उम्मेदवार बनेका थिए । थापाले सिटौला भन्दा बढी मत प्राप्त गरे ।
कोइराला १४१७ मत ल्याएर विजयी बने भने यादव १२१७ मत ल्याएर विजयी बनिन ।
महामन्त्रीमा निकटतम प्रतिद्धन्दी अर्जुन नरसिंह केसीले १०१७ र गगन थापाले ५८४ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा चित्रलेखा यादवले १२०७, उमाकान्त चौधरीले ४५७ मत प्राप्त गरेका थिए । चौधरी सिटौला प्यानलबाट उम्मेदवार बनेका हुन । अर्का उम्मेदवार कृष्ण कार्कीले ६६ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया