लाप्राक पुनःनिर्माणमा एनआरएनले सघाउने

इनेप्लिज २०७२ फागुन २५ गते ३:४० मा प्रकाशित

गोरखा, २५ फागुन । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त भएको गोरखाको लाप्राक गाउँ पुनःनिर्माणमा एनआरएनले सघाउने भएको छ ।

अस्टे«लियन सिनेटर श्याम पास्टोरी (कजथबm उबकतयचथ), पुनःनिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठ, अस्टे«लियाका लागि अवैतनिक वाणिज्यदूत दीपक खड्कासहितको टोली लिएर सोमबार लाप्राक पुगेका एनआरएन अध्यक्ष शेष घलेले लाप्राक गाउँ पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

श्रीएअरको दुईवटा हेलिकप्टरमा गएको उक्त टोलीले गुप्सीपाखा र पुरानो लाप्राक गाउँ पुगेर भूकम्पपीडितको अवस्था र इच्छाबारे चासो बुझेका थिए ।

“सरकारले अनुमति दिन ढिलाइ गरेपछि हामीले घर बनाउन पाएनौँ”, घलेले भन्नुभयो – “हामी छिट्टै व्यवस्थित लाप्राक बनाउन चाहन्छौँ ।” एनआरएनले लाप्राक गाउँमा ५०० वटा भन्दा धेरै व्यक्तिगत घर, विद्यालयलगायत सार्वजनिक महत्वका भवन निर्माण गर्ने तयारी गरे पनि सरकारले अनुमति दिएको छैन ।

पुनःनिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठले प्राधिकरणले फटाफट काम सुरु गरेकाले सकेसम्म बर्खाअघि नै नयाँ घर बनाउन अनुदान दिने बताउनुभयो । कस्तो जमिनमा घर बनाउने भन्नेबारे एक पटक भूगर्भविद्लाई अध्ययन गर्न पठाएर मात्रै पुनःनिर्माणको काम सुरु हुने उहाँको भनाइ छ ।

भूकम्पपीडितहरु राज गुरुङ, बिसबहादुर गुरुङ र शिक्षक भविराज गुरुङले बर्खाअघि नै घर निर्माण सक्नेगरी अनुदान रकम दिन आग्रह गरेका छन् । छ सय १७ घरधुरी रहेको लाप्राक गाउँ ध्वस्त भएपछि १२ वैशाखदेखि गाउँलेहरु गुप्सीमा शिविर बनाएर बस्दै आएका छन् ।

सरकारले लाप्राकीलाई गुप्सीमा घडेरी दिने निर्णय गरिसकेको छ । केही भूकम्पपीडित भने पुरानै गाउँ लाप्राक फर्किसकेका छन् ।

घर आगलागी हुँदा पन्ध्र लाख बढीको क्षति

खोटाङ, २५ फागुन । घर आगलागी हुँदा खोटाङमा नगद रु पाँच लाखसहित रु १५ लाख बढीको क्षति भएको छ ।

जिल्लाको पश्चिमी गाविस महादेवस्थान–४ हलेसीका दलबहादुर बस्नेतको दुईवटा घर तथा घरमा राखिएको नगद रु पाँच लाखसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु १५ लाख बढीको क्षति भएको हो ।

सोमबार दिउँसो घर नजिकै बालेको आगोको झिल्को हावाले उडाएर छानामा पु¥याउँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । आगलागीमा नगद रु पाँच लाख, एउटा खसी, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, काठपातलगायत जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

आगलागी सुरु भएलगत्तै इलाका प्रहरी कार्यालय हलेसीका टोली तथा शेरगण मुढे ब्यारेकका सेना र स्थानीयवासी घटनास्थल पुगे पनि पानी नहुँदा तत्काल आगो निभाउन नसकिएको स्थानीयवासीले बताएका छन् । उद्धार टोली तत्कालै घटनास्थलमा पुगेकाले अन्य घरमा आगो फैलन नपाएको स्थानीयवासीले बताएका छन् ।

आगलागीमा घरविहीन भएका छजनाको बस्नेत परिवार अहिले छिमेकीकामा आश्रय लिएर बसिरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया