सभापतिका लागि दोस्रो चरणको मतदान सुरु
काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक मत ल्याउन नसकेपछि दोस्रो पटक मतदान सुरू भएको छ ।
अपराह्न २ बजेर ५० मिनेट जाँदा कार्यवाहक सभापति रामचन्द्र पौडेलले पहिलो मतदान गरी मतदान सुरु गर्नुभयो । पार्टीको विधानबमोजिम काँग्रेस इतिहासमा पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुनलागेको हो । निर्वाचन समितिले दोस्रो मतदानका लागि अपराह्न २ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरेको छ । मतदानका लागि एक बुथमा २७ स्टलको व्यवस्था गरिएको छ भने चारवटा मतपेटिका राखिएका छन् ।
आइतबारको पहिलो मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो । पहिलो निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो ।
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
प्रतिक्रिया