अमेरिकाको जर्सी शहरमा अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

इनेप्लिज २०७२ फागुन २३ गते २१:३० मा प्रकाशित

bishnu 5

अन्तर्राष्ट्रिय महिला दिवसको शुभ उपलक्ष्यमा न्यु जर्सीमा स्थापित कारणको लागि महिला नामक संस्थाको अगुवाईमा नारी दिवस सम्पन्न भएको छ l उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली महाबाणिज्य दुताबास न्युयोर्कका बाणिज्यदुत क्रिसू छेत्री तथा बिशिस्ट अतिथिमा जर्सी शहरकि परिषद महिला जोवेस वाटरम्यानले सयुक्त रुपमा पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन गरिएको थियो l समारोहमा गत बर्ष कारणको लागि महिला संस्थालाई सहयोग गर्ने स्वयम सेवी तथा सहयोगीहरुलाई सयुक्त रुपमा प्रसंसा पत्र प्रमुख अतिथि क्षेत्री तथा बिशेष अतिथि वाटरम्यानले प्रदान गर्नु भएको थियो l

bishnu 3

नारी दिवसको उद्घाटनमा भजन गायक कमल बहादुर खड्काए देश भक्ति गित तथा मन्त्र पाठ गरेका थिए l कार्यक्रममा प्रमुख अतिथि वाणिज्यदुत क्रिसू छेत्री ,बिशिस्ट अतिथि जोवेस वाटरम्यान ,उप बाणिज्यदुत प्रविन भट्टराई ,न्युजर्सी नेपाली समाजका सभापति श्याम कार्की ,अनेसास केन्द्रका उपाध्यक्ष राम खत्री ,एनआरएन अमेरिकाका पूर्व कोषाध्यक्ष सन्जिब श्रेष्ठ तथा अनुपमा सापकोटाले नारी दिवसको बिषयमा मन्तब्य राख्दै शुभकामना दिएका थिए l

bishnu 4

उक्त अवसरमा बोस्टनकि कवियत्री दिपा राई पुन तथा शकुन्तला ज्ञवालीले कविता वचन गरेका थिए भने यसै गरि कलाकार अरिस्या कार्कीले नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् l कार्यक्रमको सभापतित्व संस्थापक सभापति तथा महिला अधिकारकर्मी डा बिष्णु माया परियारले गरेकी थिईन भने कार्यक्रम संचालन संचालक समिति सदस्य सरिता शर्मा पराजुलीले गरेकी थिइन् l कार्यक्रममा संस्था कि उपाध्यक्ष रेणु शर्मा सापकोटाले अतिथिहरुको स्वागत गरेकी थिइन् भने कोषाध्यक्ष उमा (गीता) पोख्रेलले सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन् l

bishnu 1 bishnu 8 bishnu 7 bishnu 6 bishnu 2

छायाचित्र सौजन्य :प्रदिप परियार थापा ,संचारकर्मी ,ज्युजर्सी

प्रतिक्रिया