पृथ्बीबाट जीवन समाप्त हुने , मानव जीवन सबैभन्दा बढी खतरामा
एजेन्सी – पृथ्वी जीवन समाप्त हुनेतर्फ नयाँ दौडमा रहेको अमेरिकाका तीन विश्वविद्यालयको अध्ययनले देखाएको छ । अध्ययनमा सबैभन्दा पहिले समाप्त हुने प्रजाति मानव भएको दाबी गरिएको छ । स्टेनफर्ड, प्रिन्सटन र बर्कले विश्वविद्यालयका उक्त सोधमा मेरुदण्ड हुने जीव लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्दि भइरहेको जनाएको छ ।
यस प्रकारको निष्कर्ष गतवर्ष ड्युक युनिभर्सिटीको एउटा सोधका बारेमा साइन्स एडवान्सेज जर्नलमा छापिएको हो । सोधकर्तामध्येका एकजनाले भने,‘हामी लोप हुन लागेका जीवहरुको पंत्तिमा छैठौं स्थानमा प्रवेश गरिसकेका छौं ।’ ठूलो परिमाणमा प्रजातिहरु लोप हुने यसप्रकारको पछिल्लो घटना साढे ६ करोड वर्ष पहिला भएको थियो । त्यतिबेला डायनोसरस लोप भएको थियो । प्रमुख सोधकर्ता गेरान्डो सेबालोसले भने,‘यदि यही स्थिति कायम रहने हो भने पृथ्वीमा जीवन पुनः आउनका लागि कैयौं लाख वर्ष लाग्नेछ र मानव पनि प्रारम्भिक चरणमा लोप हुनेछ । प्रतिवेदनमा सन् १९०० देखि हालसम्म मेरुदण्ड भएका ४ प्रजाति लोप भइसकेको उल्लेख छ । वैज्ञानिकहरुको अनुसार यति ठूलो नोक्सान सामान्यतया १० हजार वर्षमा मात्र हुने गरेको छ । स्टेनफर्ड युनिभर्सिटीका प्रोफेसर पल एलिर्चले हामी आफैें आफू बसेको हाँगा काटिरहेको बताए ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया