हे दैब ! अमेरिकामा फेरी श्री ३ महाराजको घोषणा गर्नु नपरोस !

इनेप्लिज २०७२ फागुन २३ गते ३:३२ मा प्रकाशित

bijay

सम्भवत कुनै पनि नेपालीले बिदेशी माटोमा यस्तो हर्कत गरेका छैनन् भन्ने ठानेको छु l परदेशमा यस्तो घोषणा गर्न हिम्मत र तागत पनि चाहिन्छ l अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा नेपाल जस्तो सानो मुलुकबाट आएर अमेरिकामा श्री ३ महाराजको घोषणा गर्नु भनेको कुनै चानचुन कुरा कदापी हैन l तर परिस्थितिले बनाए पछि मजबुरीका नाम महात्मा गान्धी भन्ने उखान झैँ बिधुतिय डाक (इमेल)बाट सार्बजनिक रुपमा नै प्रचार प्रसार गर्नु भनेको केटाकेटी खेल हैन l

यस्तो गर्न पनि ठुलो ह्याकुला चाहिन्छ l कातर ,डरछेरुवा ,लुते ,मरनच्यासे ,मुटु कमजोरी भएकाले यस्तो हिम्मत् गर्न सक्दैन l अर्काको देशमा आएर नेपालमा २००७ साल मै मासिएको राणा शासनको उपाधि श्री ३ महाराज लेख्न धेरै पटक सोच्नु पर्ने हुन्छ l तर मानिसको कन्सिरी तात्यो भने जे पनि घोषणा गर्न सक्दो रहेछ l

यस्तै घोषणा गर्नु पर्ने बाध्यता भै यो पंक्तिकारलाई l सन् २०११ मा अमेरिकाको राजधानी डिसी बाट श्री ३ महाराजको घोषणा गरेको कुरा बिर्सन सक्ने कुरा नै भएन l कन्परा तातेको बेलामा कस्तो कस्तो निर्णय पनि गर्न मानिस बाध्य हुदो रहेछ l मानिसलाई ज्यादा रिसले चुर भयो भने आँखा पनि देख्दैन भनेको यहि हो l हुन् त ,रिसमा कुनै गलत कदम नचाल्नु भन्छन l तर शिर घुमे पछि त्यस्तो घोषणा पनि हुदो रहेछ l

त्यसै यो पंक्तिकारले आफुलाई श्री ३ महाराजको घोषणा पक्कै काम नपाएर गरेको थिएन l अमेरिका जस्तो कानुन भएको देशमा हुदै नभएको कुरा घोषणा अरुले गरे पछि यो पंक्तिकारले त्यस्तो नेपाली समुदाय बिच घोषणा गरेको हो l तर बिधुतिय डाक बाट l सानो तिनो घोषणा के गर्नु ? घोषणा नै गर्नु छ भने श्री ३ महाराज किन नगर्नु ? यसै भएन ,उसै भएन ,लुखा त भनि श्री ३ महाराजको घोषणा गरेको हु l यस्तो घटना घटेको नै करिब ५ बर्ष पुरा भएर ६ बर्ष लागेछ l

मैले आफुलाई श्री ३ महाराजको घोषणा गरेकोमा पछुतो छैन l जस्तालाई त्यस्तै ढिडालाई निस्ते भने झैँ मैले हाकाहाकी गरेको हु l अमेरिका भएता पनि अरुले कानुनी देशमा यसो गर्दा म के कमि भनि यस्तो कठोर निर्णय गरियो l कुनै पछुतो छैन l

किन अमेरिकामा श्री ३ महाराजको घोषणा गर्नु पर्यो त ?

अमेरिकाको संबिधानको पहिलो संसोधनले वाक स्वतन्त्रतालाई प्रत्याभूति गरेको छ l तर अमेरिकाको सर्बोच्च अदालतले त्यसको सिमितता कायम गर्दै यसको लागि स्थान तथा समय निर्धारण समेत गरेको छ l

नेपालमा जस्ले जे घोषणा गरे पनि पाईन्छ l किनभने सरकारलाई जनताले टेर्दैनन l यहाँ सम्म कि नेपालमा सर्बोच्च अदालतको निर्णयलाई टेर पुच्छर नलगाउने मानिस भेटिन्छन l नेपालमा सर्बोच्चले हाजिर हुनु भन्दा पनि आउदिन भनि ठाडो जवाफ समेत दिन हिच किचाउदैनन l अमेरिकामा सर्बोच्चको आदेशलाई कस्को मजाल छ त्यसो भन्ने ?

तर नेपालीहरु अमेरिकामा बहादुर पनि भएका छन् l कानुन संग खेलवाड गर्ने र कानुनको मजाक समेत गर्न पछि हट्दैनन् l अमेरिकामा गुट ,उपगुट ,झगडा ,कलह आदि बाट मुक्त रहेका छैनन् l कानुनी रुपमा हुदै नभएकोलाई आफै हाम्रो जित भयो भनि घोषणा गर्ने समेत देखियो l अमेरिकामा पनि दिउसै रात पार्ने नेपाली पनि देखियो l निर्वाचन नै नभई आफ्ना पक्षका मनोनयन गर्ने उम्मेदवार बिजयी विपक्षका सबै पराजित भनि घोषणा समेत गरियो l

कति हास्नु l अमेरिकाको कानुनलाई चुनौती समेत दिने नेपाली जन्मे l यो पंक्तिकारले भोग्यो l नेपालीहरुको संख्या बढ्दै गएकोले पदको हानाथापको कारण एक आपसमा यसो हुने गर्छ l र ,आफै घोषणा गर्ने समेत अमेरिकामा गर्नु भनेको सानो कुरा हैन l कानुन को मजाक उडाइयो l

नेपालीहरुले खोलेको सामाजिक संस्थामा झगडा हुने गर्दछ l तर सबै जोगी कानै चिरेका भन्ने चाही हैन l कला ,संस्कृति ,भाषा जगेर्ना तथा नेपालको विकासको लागि उदाहरणीय काम गर्ने कैयौ संस्थाहरु पनि छन l जब नेपालीहरुले खोलेको संस्थामा निर्वाचन हुन्छ हामी कति पानीमा छौ भन्ने थाहा लाग्छ l कसरि सत्ता हत्याइञ्छ त्यसको ब्याख्या नगरे पनि हुन्छ l

बिगतमा यस पंक्तिकारले अमेरिकाको सामाजिक संस्थामा लाग्नु अगाडी हजार पटक सोच्नु नै उत्तम भनि लेख प्रकाशित गर्दा एउटा भूकम्प आएको थियो l अमेरिकाको राष्ट्रिय स्तरको नेपालीहरु द्वारा खोलिएको सामाजिक संस्था एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )मा सन् २०११ मा यस्तो घटना घट्यो l निर्वाचन नै नभई आफै बिजयी भनि घोषणा गरे पछि पंक्तिकारले श्री ३ महाराजको घोषणा गर्न ठुलो कुरा हैन भनि आफै घोषणा समेत गरे l

सनसनी मच्चियो l अमेरिका जस्तो मुलुकमा आफै श्री ३ महाराजको घोषणा ? को रहेछ ? किन गर्यो भन्ने थुप्रै कठिन र जटिल प्रश्न उब्जियो l आज उक्त संस्था आफनै गतिमा चलि रहेछ l आफुले पनि अवैतनिक काम गर्ने मौका पाए l तर पत्रकारितामा लागेकोले संस्थाबाट बीचमा राजिनामा समेत दिए l त्यसैले यो पंक्तिकार केहि बर्ष देखि कुनै पनि संस्थामा आबद्ध छैन l कालान्तरमा पनि हुने वाला पनि छैन l कलम चलाउने मान्छेले पदमा लोभ गर्नु हुदैन l

यी सबै घोषणा त्तात्कलिन समयमा गरिएको एउटा घटना मात्र हो l त्यो समयमा मष्तिस्कमा त्यस्तो गर्न मन लाग्यो l श्री ३ महाराज नै घोषणा गरियो l कसैले श्री ३ महाराज भनेनन् l आफै घोषणा गरेर मात्र नहुने पनि रहेछ l कुरा बुझियो l अहिले सबै साथीभाई भएका छन् l सबै आफन्त छन् l शुभ चिन्तक भएका छन् र आफु शुभ चिन्तक पनि हु l कुनै रिसराग छैन l कुनै दुस्मनी छैन l

जे होस् नेपालमा कहिले पनि टोलको दादा भनेर घोषणा गर्न नसकेता पनि आँखिर अमेरिका जस्तो मुलुकमा श्री ३ महाराजको घोषणा पनि गरियो l हे दैब ! हे ईश्वर ! हे भगवान ! अमेरिकामा यस्तो घोषणा गर्ने कसैलाई बुद्धि नदेउ !

अमेरिकामा फेरी कहिले श्री ३ महाराजको घोषणा गर्नु नपरोस !

तस्बिर सौजन्य :बिमल नेपाल ,बोस्टन 

प्रतिक्रिया