न्यानो कपडाका लागि चार करोड बढी रकम वितरण
दमौली, २३ फागुन । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका भूकम्पबाट पूर्णरुपमा घर क्षतिग्रस्त भएका घरपरिवारका लागि न्यानो कपडा खरिद गर्न रु चार करोड सात लाख ७० हजार वितरण गरेको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका र ३५ वटा गाविसका भूकम्प प्रभावित घरपरिवारका लागि न्यानो कपडा खरिद गर्न उक्त रकम वितरण गरिएको हो ।
भूकम्पबाट पूर्णरुपमा घर क्षतिग्रस्त भएका घरपरिवारका लागि प्रतिपरिवार रु १०÷१० हजारका दरले सो राहत रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
भूकम्पले पूर्णरुपमा घर क्षतिग्रस्त भएका तनहुँका पाँच हजार ६४८ घरपरिवारमध्ये चार हजार ७७ घरपरिवारलाई रकम वितरण गरिएको र बाँकी एक हजार ५७१ जनाका लागि रकम माग भइरहेको बताइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले भूकम्पबाट पूर्णरुपमा घर क्षति भएका ती घरपरिवारका लागि अपुग रकम माग गर्ने काम भइरहेको बताउनुभयो ।
पूर्णरुपमा घर क्षतिग्रस्त घरपरिवारलाई रकम वितरण गर्न करिब रु सात करोड लाग्ने सो कार्यालयले जनाएको छ ।
यसअघि पनि पूर्णरुपमा घर क्षतिग्रस्त भएका घरपरिवारलाई जनही रु १५ हजारका दरले राहत रकम दिने काम भइसकेको छ ।
भूकम्पले तनहुँमा पाँच हजार ५०० घर पूर्णरुपमा र ३० हजारभन्दा बढी घर आंशिक रुपमा क्षति पु¥याएको छ । तनहुँमा घर भई जागिरको सिलसिलामा अन्यत्र रहेका यहाँका १३ जनाभन्दा बढीको मृत्यु भएको थियो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया