भाग सानी भाग टोलीद्धारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ फागुन २२ गते १४:०२ मा प्रकाशित

Sasanka-koirala-sujata-koirala

काठमाडौ, २० फागुन । नेपाली चलचित्र भाग सानी भागको टोलीले अष्ट्रेलियामा गरेको च्यारिटी सोबाट उठेको रकम ब्लड क्यान्स पीडित ७ वर्षीया बालिका रेजिना पौडेलको उपचारकोलागि सहयोग स्वरुप उपलब्ध गराएको छ ।
विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर च्यारिटी सोबाट संकलित १ लाख ६६ हजार २ सय १५ रुपैयाको चेक चलचित्रकी नायिका केकी अधिकारी र नायक सविन श्रेष्ठले हस्तान्तरण गरे । भाग सानी भाग चलचित्र र नेनाज फाउण्डेसनको आयोजनामा नारायण पन्थी र विष्णु चापागाईको सक्रियतामा सो रकम संकलन गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सिनेमा का निर्माता चेतन सापकोटाले रमाईलो हसिलो अर्गानिक चलचित्रको रुपमा भागसानी भाग रहेको भन्दै यसबाट पीडितलाई सहयोग गर्न पाएकोमा आफू धन्य भएको बताए ।
नायिका केकी अधिकारीले भागसानी भाग पुण्य कामको भागिदारी बनेकोमा खुसी ब्यक्त गर्दै चलचित्र राम्रो बनेको बताईन ।
नायक सविन श्रेष्ठले आफूलाई गंभिर अभिनय गर्न नआउने आरोपलाई यस चलचित्र मार्फत चिरेको भन्दै चलचित्र फरक खाले उत्कृष्ट बनेको बताए ।
निर्देशक नबल नेपालले चलचित्रमार्फत पीडितलाई सहयोग गर्न पाएकोमा हर्ष ब्यक्त गर्दै राम्रो चलचित्र बनेकोले सबैलाई हेर्न आब्हान गरे ।
नेनाज फाउण्डेसनका गंगा पन्थीले फाउण्डेसन र चलचित्रको टिम मिलेर पीडितलाई सहयोग गर्न पाएको खुसी ब्यक्त गर्दै फाउण्डेसनले बालिकाले स्वास्थ्य लाभ गरेपनि अध्ययन र पालनपोषणको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सबैले सहयोगको हात अघि बढाएर पीडितलाई सहयोग गर्नु पर्ने भन्दै यस्को लागि रिपोर्टर्स क्लब र पत्रकारहरु तयार रहेको बताए ।
सिनेमा आगामि चैत्र ५ गतेबाट देशब्यापी प्रर्दशनमा आउँदैछ ।

bhag

प्रतिक्रिया