सोमबार, माघ ५ २०७७
काठमाडौं २०:११
वासिङटन डिसी 09:26

भित्र बन्दसत्र: बाहिर प्रचार तीव्र

इनेप्लिज २०७२ फागुन २१ गते १४:३३ मा प्रकाशित

Rss_Images_1457090467296_RoS-Ktm-NC banda satra (6)

काठमाडौँ, २१ फागुन । भृकुटीमण्डपको प्रदर्शनी हलमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनको बन्द सत्र चलिरहँदा बाहिर प्रदर्शनी मार्गमा उम्मेदवारको प्रचारप्रसार तीव्र बनेको छ ।

महाधिवेशनमा पार्टी सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका प्रत्याशीका समर्थक नेता–कार्यकर्ताले दोस्रो दिन आज प्रदर्शनी मार्गमा उनीहरुको तुल सहित विभिन्न नाराबाजी गर्दै आफ्ना नेताको पक्षमा मत मागिरहेका देखिन्थे ।

केहीले सामूहिक रुपमा आफ्नो समूहका नेताको प्रचारबाजी गरिरहेका थिए । पार्टी सभापति, महामन्त्री र कोषाध्यक्षका तीन वटै उम्मेदवार तथा केन्द्रीय सदस्यका प्रत्याशीको ठूला तस्बिर र फ्लेक्स ब्यानरसहित प्रचार उनीहरुले गरिरहेका थिए ।

पद्मोदय मोडदेखि राष्ट्रियसभागृहसम्मको सडकमा उम्मेदवारको पर्चा, पम्प्लेट र काँग्रेसी नेता कार्यकर्ताको भिड देखिन्थ्यो । केहीले भने सामूहिक रुपमा छलफल गर्दै वातावरण आफ्नो पक्षमा बनाउने प्रयास गरिरहेका थिए ।

बन्द सत्रस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनीस्थल र फनपार्क छिर्ने मुख्य प्रवेशद्वारमा विशेष कडाइ गरिएको छ । त्यहाँ महाधिवेशन प्रतिनिधि र सञ्चारकर्मीलाई मात्र प्रवेश गर्न दिइए पनि बन्दसत्रमा भने महाधिवेशन प्रतिनिधि र विशेष परिचयपत्र भएकालाई मात्र प्रवेश गर्न दिइएको छ ।
‘भोजन तथा आवासको राम्रो व्यवस्था’

महाधिवेशनका अवसरमा खान तथा बस्नको व्यवस्था सन्तोषजनक भएको सहभागीले बताएका छन् । उनीहरुले होटलको खानामा पनि गुनासो गर्ने ठाउँ नभएको प्रतिक्रिया दिएका छन् । काँग्रेसले पूर्वी जिल्लाका प्रतिनिधिलाई गौशाला, पाल्पा, गुल्मी, स्याङ्जालगायत, केही जिल्लाका प्रतिनिधिलाई ठमेल र बाँकी जिल्लाका प्रतिनिधिलाई सुन्धाराका विभिन्न होटलमा बस्ने व्यवस्था गरेको छ ।

ठमेलमा बस्नुभएका पाल्पाका महाधिवेशन प्रतिनिधि मेघराज पौडेलले बसाइ तथा खाना पनि साकाहार, मांसाहार, थरिथरिका तरकारीलगायतको व्यवस्था भएको बताउनुभयो ।

ठमेलमै बस्नुभएका डेनमार्कका महाधिवेशन प्रतिनिधि रामचन्द्र पाठकले पनि बसाइमा कुनै अप्ठ्यारो नभएको बताउनुभयो । विदेशस्थित विभिन्न जनसम्पर्क समितिबाट आएका प्रतिनिधिलाई भोजन तथा आवास व्यवस्थापन समितिले ठमेलमा आवासको व्यवस्था गरेको छ । सबैलाई बसाइको व्यवस्था गरिएको भए पनि आधा दर्जन समितिका प्रतिनिधिमात्रै होटलमा बसेको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो । गौशालाको डिलाइट होटलमा बस्नुभएका प्रदेश नं १ बाट केन्द्रीय सदस्यको उम्मेदवारसमेत रहनुभएका अनिलकृष्ण पछाइले यत्तिको खानपानको व्यवस्था हुनु निकै खुसीको कुरा हो भन्नुभयो । बाँकेका महाधिवेशन प्रतिनिधि सीताराम थारुले तातोचिसो पानीको समेत व्यवस्था भएकाले कुनै समस्या नपरेको अनुभव सुनाउनुभयो ।

सुन्धारामा बस्नुभएका कञ्चनपुर–२ का महाधिवेशन प्रतिनिधि हेमराज ओझा भन्नुहुन्छ– “अहिले सबै कार्यकर्ता सुशील ‘दा’को शोकमा छन्, त्यसैले उनीहरुलाई जे–जस्तो भए पनि दुःखको कुनै मतलब छैन, तैपनि गुनासो गर्नुपर्ने कुनै कारण छैन, भोजन तथा आवास समितिलाई धन्यवाद छ ।” कञ्चनपुरकै गोपाल गुरुङले भने आफूले पाएको कोठामा आफ्ना कार्यकर्तालाई राखेर आफू अर्कै कोठामा निजी खर्चमा बसेको बताउनुभयो । अघिल्ला अधिवेशनमा भन्दा यसपटक सुधारिएको उहाँको अनुभव छ । काँग्रेसले आज बिहान झन्डै तीन हजार ७०० जनालाई खाना खुवाएको छ । महाधिवेशनमा आएका मुसलमान समुदायका प्रतिनिधिलाई हलाल मासुको समेत व्यवस्था गरिएको छ भने चिनीरोग भएकालाई सुगरफ्री खानपानको व्यवस्था छ ।

प्रेस पास
महाधिवेशनको समाचार सङ्कलनका लागि काँग्रेसले सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा शनिबारदेखि महाधिवेशनस्थलमा प्रवेश गर्न दिने व्यवस्था गरेको छ । पत्रकारलाई छुट्टै परिचयपत्रको व्यवस्था गरिएको भए पनि सहजताका लागि यस्तो व्यवस्था गरिएको प्रचारप्रसार समितिका संयोजक डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

महाधिवेशनको समाचार सङ्कलन तथा सम्प्रेषणका लागि स्रोतसाधन सम्पन्न छुट्टै सूचना केन्द्रको समेत व्यवस्था छ । केन्द्रमा तीव्रगतिको इन्टरनेट, १७ नयाँ कम्युटरलगायत सामग्रीको व्यवस्था गरिएको केन्द्रका संयोजक कवीर राणाले जानकारी दिनुभयो ।

2016-03-04 19:56

प्रतिक्रिया