फरार अभियुक्त चौध दिनपछि पक्राउ

इनेप्लिज २०७२ फागुन २१ गते १३:३३ मा प्रकाशित

Rss_Images_1457097372914_RG-BKT- Balatkari Sarbajanik photo-21भक्तपुर, २१ फागुन । यही फागुन ७ गते राति घरमा सुतिरहेकी बालिकालाई अपहरण गरेर बलात्कार गरी फरार रहेका मध्यपुरथिमि–१६का नरबहादुर श्रेष्ठलाइ पक्राउ गरी आज महानगरीय प्रहरी वृत्त थिमिले सार्वजनिक गरेको छ ।

बलात्कार गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका वडा नं ३ स्थायी घर भई हालसुकुम्बासी बस्ती बस्ने ३२ वर्षीय राजकुमार भनिने श्रेष्ठलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

अभियुक्त श्रेष्ठले सुतेकै ठाउँबाट बालिकालाई अपहरण गरी कराएमा खाडलमा पुर्ने धम्की दिँदै बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

भोलिपल्ट बिहान श्रेष्ठले बालिकालाई घर अगाडि लगेर छाडी दिएर फरार भएकामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले गए राति मनोहरामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । अभियुक्त श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयबाट आजै म्याद थप गरी प्रहरी हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया