लरेस पुरस्कारका लागि जोकोभिक, बोल्ट, मेसीबीच प्रतिस्पर्धा
बर्लिन, १९ फागुन । सन् २०१५ को पुरुषतर्फको उत्कृष्ट खेलाडीका लागि नोभाक जोकोभिक, युसेन बोल्ट र लियोनल मेसीसहित विभिन्न छ जनाबीच प्रतिस्पर्धा देखिएको छ ।
लरेस विश्व खेल पुरस्कार उत्कृष्ट पुरुष तथा महिलालाई छुट्टाछुट्टै दिइँदै आइएको छ र यसबर्ष अप्रिल १६ मा एक बृहद् समारोहका बीच जर्मनीको बर्लिनमा प्रदान गरिने छ ।
जोकोभिकले यसअघि तीनवटा ग्रान्ड स्लाम पुरस्कार जितिसक्नुभएको छ भने बोल्टले विश्व खेलकुद प्रतिस्पर्धामा तीनवटा गोल्ड मेडल प्राप्त गरिसक्नुभएको छ ।
त्यस्तै अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी मेसीले सन् २०१५ को फिफा वालन डि¬–अर पुरस्कार पाउनुभएको थियो ।
फरमुला वनस् लेबिस ह्यामिल्टन, अमेरिकी बास्केटबल खेलाडी स्टेफेन करी र गल्फ खेलाडी जोर्डन स्पैथलाई पनि पुरस्कारका लागि मनोनयन गरिएको छ ।
महिलातर्फ प्रसिद्ध अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स पनि महिलातर्फका छ जना भित्र मनोनयनमा पर्नुभएको छ ।
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
प्रतिक्रिया