पार्टीभित्रका गुट–उपगुट अन्त्य गरिनु पर्छ: देउवा
काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्न सक्षम नेतृत्वको खाँचो औँल्याउनुभएको छ ।
युवा नेता नैनसिंह महतद्वारा सम्पादित कृति ‘अबको काँग्रेस’ को आज यहाँ विमोचन गर्दै वरिष्ठ नेता देउवाले पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्न पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहने स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो – “शोषित, पीडित, दलित, महिला, मधेसी र अन्य उत्पीडित समुदायको सहभागितासहित पार्टीलाई समावेशी बनाइनु पर्छ । त्यस अर्थमा पनि काँग्रेसमा सबैलाई न्याय दिने नेतृत्व चाहिन्छ ।”
काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्यद्वय डा प्रकाशशरण महत र चन्द्र भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन पार्टी नेतृत्व अब वरिष्ठ नेता देउवालाई दिनुपर्ने धारणा प्रकट गर्नुभएको थियो ।
विचार र विश्लेषणमा आधारित ‘अबको काँग्रेस’ मा विभिन्न लेखकका ३२ लेख समावेश छन् ।
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
प्रतिक्रिया