पुनःनिर्माणको काम निर्धारित समयमै हुन्छ: गृहमन्त्री बस्नेत
काठमाडौँ, १९ फागुन । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपछिको पुनःनिर्माणको काम निर्धारित समयमै पूरा गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
महिला, कानुन र विकास मञ्च, वियोङ बेइजिङ कमिटी, जागरण नेपाल, एड्भोकेसी मिडिया ग्रुपलगायतका संस्थाले आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी विपद् व्यवस्थापन’ विषयक दुईदिने सम्मेलनको आज समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री बस्नेतले पुनःनिर्माणको काम निर्धारित मितिमै सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको र सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
“भूकम्प गएपश्चात् प्रारम्भिक चरणको काम पूरा भएको छ, अब पुनःनिर्माणको काम तोकिएको समयमै पूरा गर्न सबैको सहयोगको अपेक्षा गर्छु”– गृहमन्त्री बस्नेतले थप्नुभयो ।
उहाँले भूकम्पपीडितमा पनि सबैभन्दा बढी प्रभावितलाई सरकारले पहिलो प्राथमिकता दिएको र राहत, ऐन, नियम, प्राधिकरण गठनलगायतले गर्दा पुनःनिर्माणको काममा ढिलाइ भएको उल्लेख गर्नु भयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा विष्णु भण्डारीले पुनःनिर्माणसँग जनजीविका विषयमा पनि सोच्नुपर्ने अवस्था रहेको भन्दै पुनःनिर्माणलाई लैङ्गिकमैत्री बनाउने बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष मनु हुमागार्इं, अधिकारकर्मी शर्मिला कार्कीलगायतले पुनःनिर्माणमा महिला र पुरुषको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
१५ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समापन
‘लैङ्गिक उत्तरदायी विपद् व्यवस्थापन’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
घोषणापत्रमा गत वैशाख १२ गते गएको भूकम्प र परकम्पबाट भएको क्षतिको पुनःनिर्माण कार्य अविलम्ब सुरु गर्नुपर्ने, पुनःनिर्माण कार्य लैङ्गिकमैत्री बनाउनुपर्ने, पाठ्यपुस्तकमा लैङ्गिक असमानतालाई हटाउने खालको विषयवस्तु राखिनुपर्नेलगायत रहेका छन् ।
दुईदिने सम्मेलनमा भूकम्प प्रभावित १४ जिल्लाबाट दुई÷दुई जना गरी २४ जनाको सहभागिता रहेको थियो ।
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया