अमेरिकामा सवारी दुर्घटनामा किशोर किशोरीको अकाल ज्यान यसरि जान्छ ?

इनेप्लिज २०७२ फागुन १९ गते २:५१ मा प्रकाशित

bijay

दुर्घटना आकस्मिक हुन्छ l साबधानी नअपनाउदा र हेल चक्राई गर्दा अकालमा प्राण जान्छ l हरेक पद्धतिको विकास भएता पनि आखिर अमेरिका बिश्व मै सबै भन्दा ज्यादा सडक दुर्घटनामा ज्यान गुमाउने देश भएको छ l अमेरिकामा १५ देखि २० बर्षका किशोर किशोरीहरु सवारी दुर्घटनामा ज्यादा पर्छन l तर विश्वमा सबै भन्दा सवारी साधन दुर्घटना हुने देश दक्षिण पश्चिम अफ्रिकी देश नामिबिया हो l

अमेरिकामा बारम्बार किशोर तथा किशोरीहरुले यातायात नियम उल्लंघन गरेको कारण चालक अनुमति पत्र खारेजी हुन्छ l अमेरिकामा अभिभावकले किशोर अवस्थाका सन्तानलाई गाडीको चाबी दिनु अगाडी यातायात बिभागको तथ्यांक बारे अध्ययन गर्नु भनि पुस्तकमा लेखिएको हुन्छ l​ ​तर ब्यबहारिकतामा अभिभावकले त्यसो गर्दैनन् l आफ्ना सन्तानलाई सबैले असल आँखाले हेर्छन ,अनि कुरा बिग्रन्छ l तर पनि अधिकांसले गाडी दुर्घटना बारे सतर्कता बारे भने पछि चाबी दिने गरिन्छ l

अमेरिकामा ​बार्षिक रुपमा औसत करिब ४३ हजारको सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्यांकले देखाएको छ l जस्मा ४० प्रतिसत मदिरा सेवन बाट ज्यान जाने गरेको छ l गाडी चलाउदा सबै भन्दा किशोर अवस्थाका संग साबधान तथा सतर्कता अपनाउनु पर्ने हुन्छ l अमेरिकामा किशोर किशोरीहरुले आफ्नो उमेरको कारण सवारी साधन दुर्घटना आफैले निम्त्याउछन l अमेरिकामा नेपाली किशोर तथा किशोरीहरुको संख्या निकै बढेको देखिएको छ l उनीहरु पनि सवारी दुर्घटनामा पर्ने ,कारवाहीमा पर्ने ,अनुमति चालक पत्र पनि खारेजीमा पर्ने तथा ज्यान समेत गुमाउनु परेको घटना भएका छन् l

अमेरिकामा १८ बर्ष भए पछि किशोर या किशोरी स्वतन्त्र हुन्छन l कडा शब्द प्रयोग गरे कानुन लाग्ने हुन्छ l यो उमेरमा दम्भ रहने ,बाबुआमाको कुरा नसुन्ने र मै हु भन्ने भावना किशोर किशोरीमा हुने गर्छ l अमेरिका बालक काल मै लगिएका आफ्ना सन्तान तथा अमेरिकामा जन्मेका छोराछोरी दिर्घ जीवि रहुन भन्ने चाहना राख्ने हो भने नेपाली समुदायका अभिभावकले सडक दुर्घटना र भयावहको स्थिति बारे तथ्यांक कण्ठ गर्न अति जरुरि हुन्छ l अपरिहार्य रुपमा हुर्केका आफ्ना सन्तानलाई जानकारी दिएन भने अकाल मृत्यु हुन् बाट बचाउन सकिदैन l

अमेरिका आए पछि अमेरिकाको हावा लाग्ने र साथी संगतमा फ़स्दछन l कोहीकोही अमेरिका आएको केहि बर्षमा नै अमेरिकन भन्दा ज्यादा अमेरिकन उनीहरु हुन्छन l अमेरिकामा कमाई भए पछि मान्छेलाई मान्छे नगन्ने प्रवृतिको विकास झाँगिदै जान्छ l

अमेरिकामा स्थापना भएका स्वस्थ्य अनुसन्धान सोध तथा खोज गर्ने संस्थाहरुले किशोर तथा किशोरीमा आक्रमक ,जुझारु ,तनाबपूर्ण तथा उदासीपन हुनुको कारण शरीरमा एक प्रकारको हर्मन (रसायन )को वृद्धिले गर्दा हुन्छ भनि जनाएको छ l

किशोर अवस्थामा हर्मोनको परिवर्तनको कारण मस्तिष्कमा ठुलो परिवर्तन पनि आउने हुन्छ l जसको कारण गम्भीर मानसिक समस्या उत्पन्न हुन्छ l अमेरिकन फ्यामिली फिजिसियनले अनुसन्धान अनुसार १५ प्रतिसत किशोर अवस्थामा एक प्रकारको डिप्रेसन(उदासीपन )को लक्षण पनि देखा पर्दछ l ९ देखि १७ बर्ष सम्म उमेरका किशोरहरु करिब ५ प्रतिशत डिप्रेसन (उदासी) समस्या बाट ग्रस्त हुन्छन l हाम्रा सन्तानहरु पनि यसका शिकार भएका त छैनन् ? हामीले ख्याल गरेका छौ त ?

अमेरिकाको एक तथ्यांक अनुसार झन्डै ३३ प्रतिसत उच्च बिद्यालयका बिद्यार्थीहरु गाडी कुदाएको बेलामा टेक्स (संदेश )गर्दा अकालमा ज्यान समेत जाने गरेको छ l गाडी कुदाउदा १५ देखि १९ बर्षका किशोरहरु विक्षिप्त (डिसट्रयाकटेड ) भै १२ प्रतिसत खतरापूर्ण दुर्घटनामा पर्ने गर्छन भने २० बर्ष मुनि उमेरका ठिटीहरुले गाडी भित्र नै श्रंगार गर्दा ध्यान पुग्न नसकी दुर्घटना हुने गर्दछ l

५६ प्रतिसत किशोरले गाडी कुदाई रहेको बेलामा दोहोरो कुराकानी कुरा गरेको स्वीकार गर्छन भने १३ प्रतिसतले टेक्स (संदेश)गर्ने गरेको कबुलेका छन् ​l ​यसै गरि ३४ प्रतिसत १६ देखि १७ बर्ष उमेरकाले कार कुदाई रहेको समयमा दोहोरो संदेश चल्ने बताएका छन् भने १२ देखि १७ बर्षका बाल बालिकाले ४८ प्रतिसत छोटो संदेश गर्ने तथ्यांकले देखाएको छ l

अमेरिकामा २१ बर्ष उमेर पुगे पछि मात्र मादक पदार्थ सेवन गर्न पाइन्छ तर गोप्य रुपले मादक पदार्थ सेवन गरि गाडी कुदाउने गर्ने गर्छन ​l १ चौथाई खतरा दुर्घटनामा पर्दछन l कम उमेरमा सेवन गरि यसरि गाडी चलाउदा दुर्घटना हुने ७ गुणा ज्यादा हुने सम्भावना हुन्छ l १५ .१ प्रतिसत १८ देखि २० बर्ष उमेरकाले सवारी साधन कुदाएको बेलामा मध्यपानको प्रभावको कारण ठुलो दुर्घटनाको शिकार हुन्छन l​ ​उच्च माध्यमिक बिद्यालयका बिद्यार्थीहरु करिब ८.२ प्रतिसतले मदिरा सेवन गरि गाडी कुदाईएको पाईएको छ भने १२ कक्षाका १३. ५ प्रतिसतले मध्यपान गरि गाडी कुदाउछन l

१५ देखि २० बर्ष उमेरका चालकहरु ३३ प्रतिसत शरीरमा अल्कोहलको मात्रा को सिमा नाघेको कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ​l ​यस्तै गरि ६० प्रतिसत युवा चालकहरुले सवारी साधनमा पेटी नलगाएको कारण दुर्घटनामा पर्छन भने ७० प्रतिसत युवा चालकहरु कम उमेरमा मदिरा सेवन गर्दै पेटी पनि नलगाई गाडी हाक्ने क्रममा मृत्यु हुने गरेको छ l​ यसरि गरि २७ प्रतिसत किशोरहरु ठुलो दुर्घटनामा मदिरा सेवन गरि पर्छन भने किशोरको तुलनामा किशोरीहरु केवल १५ प्रतिशतले मात्र डरलाग्दो दुर्घटनामा पर्ने गरेको देखाएको छ l

अमेरिकामा ९० को दशक देखि नेपाली समुदायको जनघनत्व बिज गणतीय रुपमा वृद्धि हुदै छ l यो क्रम निरन्तर बढ्दै छ l कतै हाम्रा किशोर तथा किशोरीहरु यस्ता गतिबिधिमा संलग्न त छैनन् ? हाम्रा मुटुका टुक्राहरुलाई कतै अकाल मृत्युको मुखमा परि सदाको लागि बिदा गर्नु पर्ने त हैन l

कतै यसैको कारण ठुलो दुर्घटनाबाट परि अपांग भै जीवन भर पछुतो दुखी दुखको जीवन बिताउनु पर्ने त हैन ? कतै हामीले यातायात बिभागले दिएको निर्देशिका पढ्न हामीले कतै अल्क्षी पो गरेका छौ कि ? हामीले सतर्कता अपनाउन सक्यौ भने मात्र सन्तान साथ अमेरिका आएको सपना पुरा हुने छ l नत्र जिन्दगि भर पछुताउनु बाहेक कुनै बिकल्प हुदैन l

प्रतिक्रिया