वैशाखमा स्थानीय चुनाव उपयुक्त: नेता नेपाल
भीमदत्तनगर, १७ फागुन । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त हुने बताउनुभएको छ ।
आइतबार नवौँ जिल्ला परिषद्को उद्घाटन गर्न दार्चुला पुग्नुभएका नेता नेपालले वैशाखमा निर्वाचन गर्ने गरी सरकारले तयारी थाल्नुपर्ने धारणा राख्नु भयो ।
“मौसमलगायतका कारण वैशाखमा निर्वाचन गराउँदा राम्रो हुन्छ ।” उहाँले भन्नुभयो – “जनप्रतिनिधिविहीन हुँदा समस्या भएको छ ।” स्थानीय निकायको निर्वाचन गरी ग्रामीण बस्तीको सामाजिक, आर्थिक विकासमा लाग्नुपर्नेमा नेपालको जोड थियो ।
कार्यक्रममा दार्चुलाका स्थानीय विकास अधिकारी सहदेव रायमाझीले आगामी आव ०७३÷७४ का लागि रु एक अर्ब, ८६ करोड ५५ लाखको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । आगामी योजनामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास बजेटमा प्राथमिकतामा दिइएको छ ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया