होटलभित्रै व्यवसायीको हत्या

इनेप्लिज २०७२ फागुन १७ गते ३:५४ मा प्रकाशित

hatya-imageभीमदत्तनगर, १७ फागुन । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका सञ्चालकको गएराति होटलमै हत्या गरिएको छ ।

कलुवापुरमा रहेको बैतडी होटलका सञ्चालक ४० वर्षीय दामोदर अवस्थीको होटलभित्रै हत्या गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

झलारीपिपलाडी नगरपालिका–१ ढकनिया घर भएका अवस्थी होटल व्यवसाय गर्दै आएका थिए । आज बिहान घरबाट होटल पुगेका उनका भाइले दाजुको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अवस्थीको हत्या भएकै हुनसक्ने आशङ्का गरेको छ ।

प्रतिक्रिया