शनिबार, माघ १० २०७७
काठमाडौं १६:१४
वासिङटन डिसी 05:29

एपीएफ एपीएफ द्धारा चर्च ब्वाइजको लजास्पद हार

इनेप्लिज २०७२ फागुन १६ गते १३:१० मा प्रकाशित

1

पथरी फागुन १६
सशस्त्र प्रहरीको एपीएफ क्लव मोरङको कोशीहरैचामा जारी चौथो कोशीहरैचा केवीआरयू कन्दङ्वा मेमोरियल गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेको छ । काठमाडौंको चर्च ब्वाइज क्लवलाई ५–०ले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।

2 एपीएफको जितका लागि राजेश रावलले आज ह्याट्रिक समेत पुरा गरे । खेल सुरु भएको तीन मिनेटमा नै रुपकुमार लामाको गोलबाट अग्रता लिएको एपीएफले पूर्वाद्र्धको ३९ औं मिनेटमा थप एक गोल ग¥यो । राजेशले मैदानको मध्य भागबाट डिबक्स नजिकै निकालिदिएको बललाई राजेन्द्र रावलले कुनै गल्ती नगरि विपक्षीको जाली चुमाइदिए । मध्यान्तर पछि पनि एपीएफले खेलमा एकछत्र दवाव कायम राख्दै लगातार गोल ग¥यो । राजेन्द्रले ५९ र ६८ औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पुरा गरे ।

3 खेल सकिन केही मिनेट बाँकी रहँदा एपीएफले अर्को एक गोल थप्दै नजिता ५–०को स्थितिमा पु¥यायो । एपीएफका लागि पाँचौं गोल सुदिप श्रेष्ठले रुपकुमार लामाको पासलाई हेडिङ गर्दै गरेका थिए । पुरै खेल अवधिभर निरिह बनेको चर्च ब्वाइजले ५३ औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो ।

4 शिव सुवेदीले डिबक्स बाहिर निकालि दिएको बल राजकुमार लिम्बूले गोल गर्न सकेनन् । ७५ औं मिनेटमा चर्चका शिव सुवेदीले खाली पोष्ट गोल गर्न चुके ।

5एपीएफका गोल रक्षक अमृत चौधरी गोल नियन्त्रणमा लिन अगाडि बढेको मौकामा पनि सुवेदीले सान्त्वना गोल फर्काउन सकेनन् । आजको खेलमा ह्याट्रिक गर्ने राजेन्द्र रावल म्यान अफ द म्याच घोषित भए । सोमबार दोस्रो सेमिफाइनल खेल मोरङको पथरी स्पोर्टिङ क्लव र रुपन्देही –११ बीच हुने छ ।

6 7

प्रतिक्रिया