चेपाङ संरक्षणलाई सहयोग

इनेप्लिज २०७२ फागुन १५ गते २२:२३ मा प्रकाशित

gambesiko photo

रत्ननगर । फागुन १५
पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा अवस्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रलाई (आज) शनिबार खाद्यान्न सहयोग भएको छ ।
नवलपरासी गैंडाकोट घर भइ रोजगारीको शिलशिलामा जापानमा रहेका नविनसागर सापकोटा र सुनिता सापकोटाले छोरीको जन्मिएको महिना दिनको अवसरमा केन्द्रमा आश्रित बालबालिकालाई एक छाक खाद्यान्न सहयोग गरेका छन् ।
नविन सागरका वुवा ऋषिराम सापकोटाले केन्द्रमै पुगेर उक्त खाद्य सामग्री हस्तान्तरण गरेका हुन् । संरक्षण केन्द्रमा हाल मकवानपुर, धादिङ र चितवनका १ सय ४० चेपाङ बालबालिका आश्रित छन् । केन्द्रमा खाद्यान्न अभाव भएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए ।

gambesko photo 1

प्रतिक्रिया