‘स्वाइँस्वाइँ तान्दै फु’ गर्ने सत्र पक्राउ
इनेप्लिज
२०७२ फागुन १५ गते १२:४६ मा प्रकाशित
काठमाडौँ, १५ फागुन । सार्वजनिकस्थलमा स्वाइँस्वाइँ चुरोट तानेर फु गर्दै धुवाँ उडाउने १७ जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कोटेश्वरले धूमपान नियन्त्रण अभियान अन्तर्गत सडक, चोक र सार्वजनिक स्थानमा धूमपान गर्नेलाई पक्राउ गर्ने अभियानलाई शुक्रबारदेखि तीव्र पारेको हो । शुक्रबार मात्रै कोटेश्वर क्षेत्रबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी सहायक निरीक्षक जीवन खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई रु १०० जरिवाना गरिनाका साथै आइन्दा सार्वजनिकस्थलमा धूमपान नगर्न सम्झाइबुझाइ गरी छाडिएको थियो । नेपाल प्रहरीले मुलुकभर नै यो अभियान सुरु गरेको छ ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया