अविरल जनसाहित्य यात्रामा खतिवडा
काठमाडौँ, १५ फागुन । जनसाहित्यिक मञ्च नेपालको अविरल जनसाहित्य यात्राको २३औँ शृङ्खलामा शुक्रबार प्रगतिवादी प्रा डा भीम खतिवडाबाट एकल कविता प्रस्तुत भयो ।
खतिवडाका ‘देशको माया’ ‘बाल गजल’, ‘झुम्राको पुतली’, ‘विषतन्त्र’, ‘गजल’, ‘सर्पगीत’ र ‘आस्थाको गीत’लगायत कविता वाचन भएका थिए । उहाँलाई कवि डा सुधन पौडेल, सुदेश सत्यालले, रत्नावली शर्माले, प्राज्ञ खेम नेपाली, यशोदा अधिकारी र ज्ञानु विद्रोहीले वाचनमा सघाउनुभयो ।
वाचित कविताबारे टिप्पणी गर्दै साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले सर्जकले सिर्जना गर्दा भने प्रयुक्त विम्बलाई स्थापित गर्न सक्नुपर्छ भन्दै वैचारिक सङ्गठन, साहित्यिक अभियान र प्राध्यापन एवम् प्रशासकीय भूमिका जस्ता विविध क्षेत्रमा सक्रियरूपमा समर्पित सशक्त स्रष्टाका रुपमा खतिवडाको स्मरण गर्नुभयो ।
मञ्चका अध्यक्ष राम विनयले आगामी चैत महिनाको कार्यक्रममा मोरङकी स्रष्टा मिश्र वैजयन्तीलाई प्रस्तुत गरिने जानकारी दिनुभयो ।
समालोचक डा रामप्रसाद ज्ञवालीले राष्ट्रियताका पक्षमा वकालत गर्दै समकालीन राजनीतिक विकृति र विसङ्गतिमाथि प्रहार गरिएका र जातीय तथा लैङ्गिक विभेदमाथि प्रहार गर्दै रूपान्तरणको आग्रह गरिएका कविताहरु वाचन भएको टिप्पणी गर्नुभयो ।
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
प्रतिक्रिया