शनिबार, माघ १० २०७७
काठमाडौं १६:३६
वासिङटन डिसी 05:51

दिदीभाई बिचको मायामा आधारित ‘Dying Candle – निभ्ने दियो’ सिनेमा

इनेप्लिज २०७२ फागुन ११ गते १२:२० मा प्रकाशित

dying candle 2

अमेरिका, २२ फेब्रुवरी । दिदिभाई बिचको बिशुद्द मायामा आधारित नेपाली सिनेमा अमेरिकाको लस एन्जल्स र न्यु योर्कमा स्क्रिनिंगको लागि प्रदर्शन हुँदैछ । आफ्नो दिदीले भाइ प्रति रहेको बेहद मायाको कारणले उसको रक्षाका लागि आफ्नो कुमारीत्व गुमाउने देखि यस समाजसंग हरप्रकारसंग जुधेको कथामा आधारित सिनेमा नयाँ कथा बस्तुमा निर्माण भएको चलचित्र हो ।
नरेश के.सी. ले निर्देशन गर्नु भएको चलचित्रको निर्माण उत्तम के.सी र रविन आचार्यले गरेका छन् । सृजना सुब्बा, लाक्पा सिंगिं तामांग, सौगात मल्ल, अर्पण थापा र बिद्या कार्कीले जीवन्त अभिनय प्रस्तुत गरेकाछन ।
नेपालमा तीन महिना पश्चात् रिलिज गर्ने योजनामा रहेको सिनेमा दुई घण्टा छ मिनेट लामो रहेको छ ।
यु.एस.सी.को The Ray Stark Family Theatre, SCA 108(900 W. 34th Street, Los Angeles, CA 90007) मा मार्च ३ साँझ ७ बजे बाट र न्यु योर्कको Queens World Film Festival (74-15 35th Ave #6f, Jackson Heights, NY 11372) मा निःशुल्क स्क्रिनिंग हुन् गई रहेको छ ।
सदैव एकै कथामा बनिरहेका सिनेमा भन्दा भिन्न कथाबस्तुमा बनेको फिल्म हेर्न आउनको लागि सबै लस एन्जल्स र न्यु योर्क बासी नेपालीहरूलाई निर्माता के.सी.ले अनुरोध गरेकाछन ।

dying candle

प्रतिक्रिया