अमेरिकाको बाल्टिमोर फ्रिंक्सटन-सिटीमा रहेको ग्रेटर बाल्टिमोर हिन्दु मन्दिरमा
“स्वोस्तानी पुजा” सम्पन्न भएको छ l
नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) द्वारा आयोजित उक्त “स्वोस्तानी पूजा” मा नेवा: संस्कृतीविद् (पुरोहित) बसब राजोपाध्याले श्री स्वोस्थानी माता को पुजा आराधना गरेका थिए l रातो सारीको पहिरनमा ऊपस्थित नेवा: महिला तथा पुरुषको समुहलाई पुरोहित राजोपाध्याले र संस्थाका पुरुष भाईस प्रेसिडेन्टले माईकबाट मन्त्र पढ्ने, सबैले मन्त्र छोप्ने, फस्ट भाईस प्रेसिडेन्ट बबिता श्रेष्ठले घन्टी बजाऊने र अध्यक्ष रामलाल श्रेष्ठले संख फुक्ने गर्दै दिनभर श्री स्वोस्थानी माताको पूजा
अराधना गरिएको थियो l श्री स्वोस्थानी माताको पूजा / आरती सकिएपछी
मन्दिरको परिसरमा रहेको स्तुपामा पुरोहित राजोपाध्याले सबैलाई ३ – ३ पटक
” होम् “ गराएका थिए l
दिनभर केही नखाएर ब्रत बसेका महिलाहरुले स्वोस्थानीको सान्गेता सकेपछी,
रात्रीभोज जस्तै जस्तै भब्य ” प्रसाद ” को ब्यबस्था गरिएको थियो l
बिहानको ११ बजे देखी बेलुकीको ६ बजे सम्म दिनभरको पुजा आराधनाको अन्तमा आयोजक संस्था नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) का अध्यक्ष रामलाल श्रेष्ठले ३०० – ४०० किलोमिटर गाडी हाँक्दै ऊपस्थित भएका डिसीनेपाल डट कम / ईनेप्लिज डट कम , पुरोहित राजोपाध्या र सबै स्वोयँसेवकहरुलाई धन्यबाद दिएका थिए l
स्वोस्थानी-सान्गेता का झलकहरु:
प्रतिक्रिया