बरिष्ठ चलचित्र हास्य कलाकार: नारायण त्रिपाठी को संयोजकत्वोमा नेपाली कलाकार महासंघ, उत्तर अमेरिका को डल्लास शाखा गठन

इनेप्लिज २०७२ फागुन ११ गते ३:४८ मा प्रकाशित

image-8

नेपाली कलाकार महासंघ, उत्तर अमेरिका ( The Association of Nepalese Artists in North Amerika) को डल्लास शाखा को आज अर्विंग सहर मा गठन गरिएको छ । नेपाली कलाकार महासंघ, उत्तर अमेरिकाका केन्द्रीय संयोजन समितिका संयोजक गाएक तथा संगीतकार कन्हैया सिंह को उपस्थिति मा अर्विंग सहर मा रहेको हिमालयन एरोमा होटलमा डल्लास फोर्ट वोर्थ आसपास मा रहेका नेपाली कलाकार हरुको उपस्थितिमा उक्त संयोजन समिति गठन गरिएको हो । नव गठित कार्यसमिति बरिष्ट हास्य कलाकार नारायण त्रिपाठी को संयोजकत्योमा गरिएको छ। उक्त समितिका अन्य सदस्य हरुमा राम किशन पाण्डे (गाएक), शरद चन्द्र काफ्ले (गीतकार), इशा गुरुङ (मोडेल), भिम चापागाईं ( गाएक) , भिम राणा (गाएक), श्री समीर आचार्य (गीतकार) रहेका छन् ।

image-5

अमेरिका मा रहेका नेपाली कलाकार को हकहित तथा नेपाली सस्कृति गित संगीत को प्रबर्दन गर्ने मुख्य उद्देश्यका साथ् गठन भएको उक्त कार्यक्रममा यू यस खबर अनलाइनका प्रकाशक किशन रेग्मी को पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा महासंघका केन्द्रिय संयोजक कन्हैया सिंह ले नेपाली गीत संगीत तथा नेपाली सस्कृति लाई अन्तरास्तियकरण गरिने बताउनु भयको छ ।

image-4

नबगठित कार्य समिति ले प्रारम्भिक बैठक गरि आउदो नेपाली नयाँ बर्षमा डल्लास फोर्थ वोर्थ मा बिशेष सांगीतिक कार्यक्रम पनि गर्ने निर्यण गरेको छ। उक्त बैठक पछि यू यस खबर अनलाइन संग कुरा गर्दै डल्लास शाखाका संयोजक त्रिपाठी ले यस क्षेत्रमा रहेका करिब ८० हजार नेपाली हरुलाई नेपालको कला सस्कृति तथा गीत संगीत को बारेमा विभिन्न समयमा कार्यक्रम आयोजना गरि जानकारी तथा मनोरंजन दिने पनि बताउनु भयको छ ।

प्रतिक्रिया