अर्ग्यानिक खेतीतर्फ किसान आकर्षित

इनेप्लिज २०७२ फागुन ११ गते ३:४० मा प्रकाशित

tarkari_1369386079बर्दिवास, ११ फागुन । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास नगरपालिका क्षेत्र, गौशाला नपाक्षेत्र र पशुपतिनगर, भङ्गाहा, बेलगाछी, खयरमारा र लक्ष्मीनिंयाँलगायतका गाविस बस्तीका किसान विषादी र रसायनिक मलको प्रयोगबिना नै गरिने अर्र्गानिकखेतीतर्फ आकर्षित देखिएका हुन् ।

तरकारी, तेलन र उखुलगायतका नगदेबाली लगाउने यी नगर गाउँ बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट नै प्रशस्त उत्पादन हुन थालेको यस क्षेत्रका किसानको भनाइ छ ।

खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पर्न थालेपछि सोको प्रयोग छाडिएको भङ्गाहा–४ का तरकारी किसान नारायण दाहालले बताउनुभयो ।

प्राङ्गारिक मल बनाउन आफ्नै वरपरका झारपतिङ्गर, त्यत्तिकै मिल्किएका फोहर, मल बनाउन नै खेती गरिने ढैँचा (एक प्रकारको वनस्पति) र घरपालुवा गाईबस्तुको गोबर तथा बाख्राको बड्कुला प्रयोग गर्न सकिने भएकाले यो खेतीका लागि सर्वसुलभ मल हुने गरेको किसानको भनाइ छ । यस्तो मलले माटोलाई उर्वर बनाइराख्ने र वर्षैपिच्छे मात्रा केही घटाउँदै लान सकिने भएकाले निकै प्रभावकारी बनेको सो बस्तीकै अर्का तरकारी किसान चन्देश्वर राय दनुवारले बताउनुभयो ।

बालीलाई मल चाहिने उपयुक्त बेलामा रसायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरकोसमेत यकिन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नेसँगै परनिर्भरता बढाएकाले आफूहरु अर्गानिक खेतीतिर लागेको यस भेगका किसानको भनाइ छ ।

तरकारी, फलपूmल र अन्य बालीमा लाग्ने रोगब्याध र किरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अपनाउन थालिएको र यो विधि निकै सफल भएको पशुपतिनगर–२ का किसान ब्रह्मदेव महतोले बताउनुभयो । खासगरी तरकारी र फलपूmलमा कडा विषादीको प्रयोग बढ्नाले आमउपभोक्तामा विभिन्न रोगब्याधको बढ्दो सङ्क्रमणलाई अर्गानिक खेती प्रणालीले स्वात्तै घटाउने र अर्गानिक तरकारी स्वादिलो हुनाले उपभोक्ताको रोजाइमा गरेको किसान बताउँछन् ।

अर्गानिकखेती सुरु गरिएको पहिलो वर्ष २०७० सालमा उत्पादन अली कम भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको किसानको भनाइ छ । पछिल्ला वर्षमा अर्गानिकखेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आमचासो र परिचय बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्नो समान तत्काल किन्ने गरेका बर्दिवास–१० का परबल उत्पादक किसान रामजी पौडेलको अनुभव छ ।

बाली उत्पादक किसानमात्र नभई अब उपभोक्तासमेत अर्गानिक उत्पादनका वस्तु चिन्न र ठम्याउन सिपालु भएका देखिएका छन् । अर्गानिक उत्पादनका बाली स्वाभाविक आकार र रङका हुने भएकाले ठम्याएर किन्न गाह्रो नहुने बजारु उपभोक्ता बर्दिवास–१ की गृहिणी प्रतिमा कोइराला बताउनुहुन्छ ।

प्रतिक्रिया