काँग्रेस दार्चुलामा बोहरा निर्वाचित

इनेप्लिज २०७२ फागुन ११ गते ३:२२ मा प्रकाशित

भीमदत्तनगर, ११ फागुन । नेपाली काँग्रेस दार्चुलाको जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित हुनुभएको छ ।

सोमबार साँझ सम्पन्न मतगणनाअनुसार बोहरा कुल २४७ मत प्राप्त गरी पहिलो चरणमै सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिका लागि छजना प्रतिस्पर्धी रहेको दार्चुला काँग्रेसमा कुल ४१४ मतमध्ये ४०९ मत खसेका थिए ।

त्यसैगरी सभापति पदका उम्मेदवारहरु मदन गिरी ५० मत, नरेन्द्र सिंह धामी ४५, गोपालदत्त जोशी ३२, महादेव बडु (कस्यव) १८ र गौरीशङ्कर गिरीले १२ मत प्राप्त गर्नुभयो ।

सोमबार कार्यसमितिका अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको र सोको परिणाम आज आइपुग्ने काँग्रेस दार्चुलाले जनाएको छ । दार्चुला काँग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला हो ।

प्रतिक्रिया