विराटनगर, १० फागुन । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले उच्चस्तरीय राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको टुङ्गो लगाउने जानकारी दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेसी मोर्चाको चित्त बुझ्नेगरी सीमाङ्कनको टुङ्गो लगाइने वताउनुभयो ।
मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष समेत रहनुभएको गच्छदारले राजनितिक विवादका कारण मुलुकलाई अलमल्याउन नहुने चर्चा गर्दै सीमाङ्कनको समस्या छिटो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ संविधानमा भएको दुईवटा महत्वपूर्ण संशोधनसँगै सबै जातजातिको अपनत्व रहेको उहाँले चर्चा गर्नुभयो ।
प्रतिक्रिया