नेपाल अमेरिका एकता समाजको अधिवेशन सम्पन्न
लसएञ्जलस, २१ फेब्रुवरी / नेपाल अमेरिका एकता समाजको आज आर्टेसियामा वार्षिक अधिवेशन सम्पन्न भएको छ । सन् २००५ देखि स्थापना भई चार सय भन्दा बढी सदस्य सङ्ख्या भएको संस्थाले लामो समय देखि साउदर्न क्यालिफोर्नियामा विभिन्न रचनात्मक कार्यहरू गर्दै आइरहेको छ ।
अधिवेशनमा वार्षिक प्रगति प्रतिवेदन महासचिव इन्दिरा त्रिपाठीले प्रस्तुत गरेकी थिइन भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष झमक निरौलाले प्रस्तुत गरेका थिए । नेपाल सरकारका बाणिज्यदुत ऋषि ढकाल प्रमुख अतिथि रहेको कार्यक्रम अध्यक्ष शारदा श्रेष्ठको सभापतित्वमा भएको थियो भने सञ्चालन महासचिव इन्दिरा त्रिपाठीले गरेकी थिइन ।
कार्यक्रममा चक्रपाणि मिश्रले विगतको कार्यकालमा गरेको उत्कृष्ट कार्य बापत प्रेसिडेन्ट पदकद्वारा सम्मान गरिएको थियो । समारोहमा संस्थाका आजिवन, सल्लाहाकार लगायत विभिन्न व्यक्तिलाई उनीहरूको कामको कदर गर्दै सम्मान गरिएको थियो ।
यसै अधिवेशनले नयाँ कार्य समितिको अनुमोदन समेत गरेको छ । नवगठित कार्यसमितिमा अध्यक्ष सूर्य प्रसाईं, प्रथम उपाध्यक्ष टेक बहादुर लामा, द्वित्तीय उपाध्यक्ष डिल्ली सिलवाल, महासचिव डोल्मा लामा, कोषाध्यक्ष अञ्जना बस्नेत र सदस्यहरूमा बद्री बराल, बीरवल बुढाथोकी, चक्रपाणी मिश्र, चन्द्र प्रसाद सिवाकोटी, देविचरण घिमिरे, दीपा पौडेल, ज्ञानेन्द्र गुरुङ, नवीन पोखरेल र तुलसा कार्की रहेका छन् । लस एन्जल्स क्षेत्रमा रहेका विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूले अधिवेशन सफलताको लागि शुभकामना प्रदान गरेका थिए ।
पुरानो कार्य समितिले नवगठित कार्यसमितिलाई एकता समाजको कागजपत्र हस्तान्तरण गरेकाछन ।
वर्तमान कार्य समितिमा समाज सेवा गर्नको लागि पदको महत्त्व हुँदैन भन्दै विगत कार्य समितिका प्रथम उपाध्यक्ष देवी चरण घिमिरे र सचिव चक्रपाणि मिश्र नयाँ कार्य समितिमा सदस्यको रूपमा रहेका छन् । सहमतिको लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका इन्दिरा त्रिपाठी र झमक निरौलाले एकता समाजलाई भावी दिनमा साँचो अर्थमा यस क्षेत्रको नेपाली बिचको एकता गर्ने संस्थाको रूपमा विकास गर्नको लागि आफुहरुले उम्मेदवारी फिर्ता लिएको बताएकाछन ।
नव गठित कार्य समितिका अध्यक्ष सूर्य प्रसाईंले विगतका रचनात्मक कार्यहरुलाई निरन्तरता दिँदै अल्पकालिन र दीर्घकालीन योजनाका साथ नयाँ कार्य समितिले स्थानीय रूपमा रहेका सम्पूर्ण संघसंस्थासंग हातेमालो गर्दै कार्य शुरुगर्ने बताए ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया