प्रजातन्त्र घोषणाको ६५–यौं वर्षबन्धनमा मास्कोमा समारोह

इनेप्लिज २०७२ फागुन ८ गते २१:५५ मा प्रकाशित

12743912_10207480386261998_776407017911581194_n

१९ फेब्रुअरी २०१६ (शुक्रवार) । रुसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा दीपावलीसहित एक समारोहबीच प्रजातन्त्र दिवस सुसम्पन्न भएको छ । त्यसमा नेपाली राजदूतावास परिवारका साथै गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषदमा रुसमा प्रतिनिधि सदस्य तथा विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम), रुस राष्ट्रिय समन्वय परिषद (उपाध्यक्ष डिल्ली खरेल सुमन, महासचिव डा. मनमूर्ति भुर्तेल), रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघ (उपाध्यक्ष टेकराज निरौला), नेपाल खेलकूद तथा संस्कृति समाज (उपाध्यक्ष रामेश्वर गौतम) आदि रुसमा बसोवास गरिरहेका नेपालीहरुका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिघिहरुको समुपस्थिति रहेको थियो ।

12743947_10207480382341900_5881447455212753265_n
मास्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा नेपाल र रुसका राष्ट्रिय झण्डाहरुले सुसज्जित मञ्चनेर २०७२ फाल्गुण ७ अंकित मण्डपमा नेपाली राजदूत दम्पति डा. रविमोहन सापकोटा कोपिला एवं डा. सुलोचना सापकोटाका साथै सात सालको युगान्तकारी सशस्त्र जनक्रान्तिको एक प्रत्यक्षदर्शीको रुपमा यस पंक्तिकारसहित रुसवासी नेपालीहरुका प्रतिनिधिहरुबाट दीपमाला प्रज्वलन गरिएको थियो ।

12733364_10207480381141870_448673302666467938_n
नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले आप्mनो मन्तव्यमा केही वर्षको अन्तरपछि यसपल्ट दीपावलीसहित नेपालको प्रजातन्त्र दिवस मनाउने अवसर पाइएको जनाउनुहुँदै नेपाली जनतालाई प्रजाबाट नागरिक बन्ने सम्भावना प्रदान गर्ने सात सालको जनक्रान्तिको महत्वबारे संक्षेपमा प्रकाश पार्नुभएको थियो । नेपालका अन्तिम राणाप्रधानमन्त्री मोहन शम्शेरले ऐतिहासिक दिल्ली भ्रमणको लागि प्रस्थान गर्नुअघि दक्षिणकालीमा कालो बोकाको वलि दिई पूजा गर्दै दिल्ली भ्रमणको समयमा स्वाधीन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसंगको वार्तामा कुनै पनि प्रश्नको नकारात्मक उत्तर दिन नपरोस् भन्ने वरदान मागेको तथ्य कोट्याउँदै अहिले नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओलीको अहिले सम्पन्न भइरहेको भारत भ्रमणमा त्यस किसिमको मनोभावना हुने छैन भन्ने आशा प्रकट गर्नुभयो ।

12717239_10207480385581981_300164791554283653_n
नेपालमा आजभन्दा ६५ वर्षअघि प्रजातन्त्रको घोषणा भएको सन्दर्भमा मास्कोमा दीप–प्रज्वलनसहित वर्षबन्धन समारोह मनाउन नेपाली राजदूतावासमा उपस्थित नेपालीहरुबीच नेपाली जनताले प्रजातन्त्रको चरणबाट संप्रभुतासम्पन्न लोकतन्त्र हुँदै अहिले गणतन्त्रसम्मको चरण पार गरिसकेको परिपे्रक्ष्यमा विचारको आदानप्रदानको क्रम चलेको थियो । पञ्चायत कालमा नेपाली राजदूतावासको तर्पmबाट प्रजातन्त्र दिवस मनाइँदैनथ्यो, तर नेपाली छात्रसंघ सोभियत संघको तत्वावधानमा मास्कोमा अध्ययनरत नेपाली विद्यार्थीहरुले एक दिन भव्य सांस्कृतिक कार्यक्रम र अर्को दिन संन्ध्याभोवको समेत आयोजना गरेर भव्यतापूर्वक प्रजातन्त्र दिवस मनाउने गरेको मलाई सम्भलना भइरहेको थियो । एकपल्ट त मास्को राजकीय विश्वविद्यालयको विशाल सांस्कृतिक भवनमा हृदयचन्द्रसिंह प्रधानलिखित नाटक ‘गङ्गालालको चिता’ समेत रूसी भाषामा प्रस्तुत गरिएको थियो र नेपालमा प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने संघर्षवीरहरूप्रति समर्पित त्यस नाटकको रूसी पाण्डुलिपि पनि मसित सुरक्षित रहेको चर्चा चल्दा त्यसको प्रकाशनको सम्भावनाबारे विचार व्यक्त गरिएको थियो । रूसमा सात सालको क्रान्तिको समयमा राणाशासनका कैयौं कर्मचारीहरुको सहानुभूति क्रान्तिकारीहरुको पक्ष्यमा रहेको परिप्रेक्ष्यमा समेत चर्चा चलेको थियो । उदाहरणार्थ त्यतिखेर डा. सुलोचना सापकोटाज्यूका बुवा सिन्धुलीमा डिठ्ठाको पदभार सम्हाल्दै हुनुहुन्थ्यो र उहाँले एकातिर राणाशासकहरुको आदेश पालना गर्नुपर्दथ्यो भने अर्कोतिर आप्mनो इमानदारिताले गर्दा क्रान्तिकारीहरुको तर्पmबाट पनि सम्मान प्राप्त भएको थियो । मैले पनि सात सालको जनक्रान्तिको संस्मरण गर्दै त्यति वेला मेरा बुवा रामबहादुर श्रेष्ठ सुदूर पश्चिमको वर्तमान दार्चुलासहित बैतडी जिल्लाको मालअड्डाको हाकिम हुनुहुन्थ्यो र त्यहाँका जनप्रतिनिधिहरुको मागअनुसार क्रान्तिकारीहरुले उहाँलाई नै स्थानीय जनसरकारको मन्त्रीपदमा नियुक्त गरेको कुरा सुनाएको थिएँ ।

934023_10207480383421927_1125956713875160418_n
यस प्रकार नेपालमा राणाशाही हुकुमी शासनको अन्त्य भएको ६५ वर्ष पूरा भई ६६–यौं वर्ष प्रारम्भ भएको उपलक्षमा मास्कोस्थित नेपाली राजदूतावासको प्रांगणमा भेला भई निकै रमाइलो वातावरणमा प्रजातन्त्र दिवस मनाइएको थियो ।
फोटो सौजन्य ः रामेश्वर गौतम
मिति ः २० फेब्रुअरी २०१६,
मास्को, रूस महासंघ ।

प्रतिक्रिया