भारतसँग बिग्रिएको सम्बन्ध सुध्रने नेता नेपालको विश्वास

इनेप्लिज २०७२ फागुन ८ गते १६:२६ मा प्रकाशित

Madhav_Kumar_Nepal2पाँचथर, ८ फागुन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपालको बिग्रिएको सम्बन्ध सुध्रने विश्वास व्यक्त गर्नुभएको छ ।

सदरमुकाम फिदिममा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले मुलुकको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनतालाई ध्यानमा राखेर गरिएको भ्रमण उपलब्धिमूलक हुने बताउनुभयो ।

नेपालीको शिर ठाडो र स्वाभिमानलाई उचाइमा पुग्ने गरी दुवै देशको हितमा भ्रमण केन्द्रित रहेको उहाँको भनाइ छ । “दुवै देशले ताली बजाए मात्रै सम्बन्ध अघि बढ्छ” उहाँले भन्नुभयो ।

चीनसँगको नाका खोल्न सुझाव
एक फरक प्रसङ्गमा उहाँले सरकारलाई चीनसँग जोडिएको नाका पनि यथाशक्य खुलाउन सुझाव दिँदै मेची राजमार्ग ताप्लेजुङसम्म पुगिसकेको र अब ओलाङचुङ गोलासम्म पुग्ने हो भने चीनको नाका खोल्न सकिने बताउनुभयो ।

यस्तै मध्यपहाडी(पुष्पलाल) राजमार्ग पाँचथर च्याङ्थापुदेखि बैतडीको झुलाघाटसम्म अहिले एक हजार ७०० किमी रहेको र यसलाई छोट्याएर एक हजार २०० मि मात्र बनाइनुपर्ने बताउँदै उहाँले सडकसँग छुने १० सहर रहेको र अब २० सहर बनाइनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया