कलबारलाई कर्मवीर सम्मान
इनेप्लिज
२०७२ फागुन ८ गते ४:३५ मा प्रकाशित
वीरगन्ज, ८ फागुन । यस वर्षको बिहारीलाल लाठ कर्मवीर सम्मान समाजसेवी रामदेवप्रसाद कलवारलाई प्रदान गरिएको छ ।
रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष स्व बिहारीलाल लाठको चौथो वार्षिक पुण्यतिथिका अवसरमा शुक्रबार उहाँलाई सो सम्मान प्रदान गरिएको हो । वीरगन्ज र पर्सा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रको विकास तथा उन्नयनमा उल्लेखनीय योगदान पुर्याएबापत सोसाइटीले उहाँलाई सम्मान गरेको हो ।
समाजसेवी मधु राणाले समाजसेवी कलवारलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । कार्यक्रममा समाजका उद्यमशील महिलालाई स्वरोजगारका लागि राधादेवी बृजलाल ट्रस्टद्वारा प्राप्त ११ वटा सिलाइ मेसिन पनि वितरण गरिएको थियो ।
सो अवसरमा राणाले समाजको अग्रगामी रुपान्तरणका लागि निस्वार्थ सामाजिक सेवाकोे खाँचो रहेको बताउनुभयो ।
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
प्रतिक्रिया