बिदेशमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ फागुन ७ गते १२:०९ मा प्रकाशित

रत्ननगर, ७ फागुन
बैदेशीक रोजगारीको शिलसिलामा युएईको दुबईमा ज्यान गुमाएका गोर्खा फुजेलका कृष्ण प्रसाद पोख्रेलको परिवारलाई आज रत्ननगरमा सहयोग प्रदान गरिएको छ ।
३ महिनाअघि हृदयघातका कारण दुबईमा ज्यान गुमाएका पोख्रेलको परिवारलाई युएईमा क्रियासिल रहेको बिर गोर्खाली राष्ट्रिय एकता सेवा समाज र गोर्खा सेवा समाजका प्रतिनिधीहरुले आज रत्ननगरमा एक कार्यक्रमका बिच २ लाख रुपैयाँ प्रदान गरेका हुन । रोजगारीका शिलसिलामा घर सञ्चालन गर्ने मुलि नै ज्यानगुमाएर बितेपछि आँफुहरुले स्वस्फुर्तमा मृतक पोख्रेलको परिवारलाई सहयोग गरेको गोर्खा सेवामा समाजका भिम श्रेष्ठले बताउनुभयो ।
उज्यालो नाईन्टि नेटवर्कमा कार्यरत सञ्चारकर्मी उमाकान्त पाण्डेले पोख्रेलको मृत्युको बिषयमा समाचार सम्पेषण गरेपछि सो सहयोग रकम संकलन गर्न सुरु गरिएको गोर्खा सेवा समाजका भिम श्रेष्ठले बताउनुभयो ।
सामाजिक काममा आँफुहरुले निरन्तर सहयोग गर्ने गरेको बताउँदै गोर्खाली राष्ट्रिय एकता सेवा समाजका बिमल अधिकारीले आँफुहरुले गरेको सहयोग सानो भएपनि पिडित परिवारलाई थोरै भएनि राहत मिल्ने बताउनुभयो ।
कार्यक्रममा मृतक पोख्रेलकी श्रीमती दुर्गा पोख्रेल, छोरि प्रमिशा पोख्रेल र छोरा दिपसन पोख्रेलले संयुक्तरुपमा सहयोग ग्रहण गरेका थिए ।
कार्यक्रममा बैदेशीक रोजगारी गर्दै दुबईबाट फर्किएका गामबेशीका चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बिदेशमा रहेरपनि सामाजिक काममा सक्रिय रहेको भन्दै गोर्खा सेवा समाज र बिर गोर्खाली राष्ट्रिय एकता सेवा समाजका प्रतिनिधीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया