मंगलबार, माघ १३ २०७७
काठमाडौं ०४:१४
वासिङटन डिसी 17:29

सामूहिक हत्याको आरोपमा ४० व्यक्तिलाई मृत्युदण्डको सजाय

इनेप्लिज २०७२ फागुन ७ गते १:५६ मा प्रकाशित

Fasi_862478521बग्दाद, ७ फागुन । इराकको एक अदालतले बिहीबार ४० व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७ सय सैनिकको हत्या गरेको ती व्यक्तिहरुमाथि आरोप लगाइएको छ ।

इराकी आधिकारीक टेलिभिजन च्यानलले सो जानकारी दिएको छ । केन्द्रिय फौजदारी अदालतले ४० जना प्रतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको इराकी सर्वौच्च अदालतका प्रवक्ता अब्दुल सतार अल बिराक्दारले बताउनु भएको छ ।
समाचारदाताहरुकाअनुसार हजारौको सङ्ख्यामा सैनिकहरुको अपहरण गरिएको र पछि ती सैनिकको हत्या गरिएको थियो ।

उत्तरी टिक्रीटस्थित अपहरण गरिएका ती सैनिकहरुको आइएस आतङ्ककारीद्धारा हत्या भएको बताइएको छ ।

गत बर्षको जुन महिना पनि सामूहिक हत्याको आरोपमा २४ जना प्रतिवादीहरुलाई मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया