बुधबार, असार ९ २०७८
काठमाडौं ०५:००
वासिङटन डिसी 19:15

एएनएको अधिवेशन अटलान्टामा गर्ने तयारी

इनेप्लिज २०७२ फागुन ६ गते ११:५७ मा प्रकाशित

ANA Logo

अमेरिका, १७ फेब्रुवरी / द एसोसियशन अफ नेप्लिज इन अमेरिकाज(एएनए) ले आफ्नो सम्मेलन आगामी जुलाई १ देखि ३ सम्म जर्जियाको अटलान्टामा गर्ने निर्णय गरेकोछ । सम्मेलन गर्ने सम्बन्धमा संस्थाका अध्यक्ष रोजर अधिकारी र स्थानीय अगुवाका साथै विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरुबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
आफ्नो स्थापना कालदेखि गर्दै आएका विभिन्न खेल, डीजे रात, सांस्कृतिक कार्यक्रम, फेसन सो, मिस नेपाल अमेरिका जस्ता कार्यक्रमहरू समावेश गरिने अध्यक्ष अधिकारीले जानकारी गराए ।
विगत वर्षमा झैँ सूचना, अन्तरक्रिया, आफ्नो प्रतिभा देखाउने जस्ता कार्यक्रम समावेश गराउने दुवै पक्ष बिच समझदारी भएको छ ।

Document-page-001

प्रतिक्रिया