अमेरिकामा पतिले आफ्नो थरको अगाडी पत्नीको थर यसरि कानुनी रुपमा थपे ?

इनेप्लिज २०७२ फागुन ६ गते ३:३१ मा प्रकाशित

pradeep thapa

अमेरिकामा ९० को दशक पछि नेपाली समुदायको चाप बिज गणतीय रुपमा बढ्दै गएको छ l अमेरिकामा थुप्रै नेपालीले अनेक प्रकारका उदाहरणीय काम गरेका छन् l यस्तै उदाहरणीय तथा नेपाली समुदाय बीच प्रसंसा बटुल्न सफल सफल रहेका न्युजर्सी बाट संचालित युएसनेपाल अनलाईन डटकमका प्रधान सम्पादक , गुल्मी तम्घासका प्रदीप थापा मगरले बिहे पश्च्यात थापा मगरलाई आफ्नी पत्नीको थर परियार राखेर उनि अब प्रदिप परियार थापा मगर कानुनी रुपमा भएका छन् l

जातीय विभेदको मारमा २५ करोड जनता छन् भन्दै यसको अन्त्य हाम्रै पालामा गर्ने प्रण गरौं भन्दै आफ्नो बार्षिक बिबाहको दिन उक्त प्रतिबद्धता जाहेर गरेका छन् l यो अभियान हामी सबैको हो भनि बिकुल फुकेका छन् । जातीय विभेद र छुवाछुत प्रचलन मानव सभ्यताको कलंक हो भन्दै यो अमानवीय प्रथाको अन्त्य हाम्रो जीवन कालमा हुनु पर्दछ भनि सामाजिक संजाल मार्फत सचेतना गराएका छन् l

गत बर्ष २०१५ को फेब्रुवरी १७ तारिख गोर्खा ताक्लुंग जन्म घर भै लामो समय देखि बोस्टनमा रही सामाजिक कार्यकर्ता तथा महिला अधिकार कर्मी तथा एडवन ( इम्पावर दलित वुमेन अफ नेपाल ) कि सह-संस्थापक रहेकी बिष्णु माया परियार संग अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टन शहरमा गएर ‘अदालती बिबाह ‘ गरेका थिए l

banner 1

उनले बिहे दर्ता गर्ने बेलामा आफ्नी हुने वाली धर्म पत्नीलाई समेत सुईको नदिई दर्ता बिभागमा प्रदीप परियार थापा मगर लेखाएका रहेछन l जुन कुरा उनले गोप्य राखी आज आफ्नो बार्षिक बिबाह दिनमा पत्नी बिष्णु माया परियारलाई आस्चर्य बनाई दिएका छन् l

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् ,मेरो बिहेपछि लेखिने थर (सरनेम) मा “परियार थापा” थपें । यसरी म बैधानिक रुपमा ‘प्रदीप थापा’ बाट ‘प्रदीप ‘परियार थापा’ बनें । श्रीमती बिष्णु माया परियारले ‘थापा परियार’ बनाएको उल्लेख गरेका छन् l

यसरी आफुले आफ्नो पैतृक थर ‘थापा’ को पछाडि ‘परियार’ थर थप्नु पर्ने कारण नारीहरुले मात्र पुरुषको थर गोत्र किन लिनु पर्ने ? पुरुषले पनि नारीहरुको थर गोत्र लिएर जिउँदा किन नहुने भन्दै ईतिहास रच्दै सबैलाई एउटा पाठ सिकाएका छन् l

pradep thapa 1

उनले अगाडी लेखेका छन् , हाम्रो समाजमा बिद्यमान जातीय विभेद, भेदभावको अन्त्यको लागि एउटा शुरुवात गर्ने, त्यो पनि नितान्त निजी जीवन कर्मबाट भन्दै सहि कुरा गरेकोमा गर्ब गरेका छन् l आफुले तथाकथित दलित, अछुत, तल्लो जात भनिने ‘परियार’ थर लिएं भने के म पनि कथित दलित, अछुत, तल्लो जात हुन्छु कि हुन्न भनि उनले खुला सवाल राखेका छन् l

म ‘परियार’ हुनेछु या ‘थापा’ हुनेछु तर समाजले थोपरेको कथित दलित, अछुत, तल्लो जात अहँ, कदापि हुदैन । तर हाम्रो समाजमा अझै जातीय भेदभाव र छुवाछुत बिद्यामान छ ,परियार थापा मगर भन्छन । जुन अन्त्य हुनु जरुरी छ भन्दै यसमा अडिक रहने बताएका छन् l

आधुनिक मानव सभ्यताको कलंकको रुपमा रहेको यो जातीय विभेदको अन्त गर्न कुनै कसर बाँकी नराखौं भनि सबैमा चेतना जागृत गर्न उनि चाहन्छन । उनि भन्छन ,हाम्रै जीवन कालमा जातीय विभेद, भेदभावको अन्त्य गर्ने अभियानमा लागि पर्ने प्रण गर्न चाहन्छु l

Bishnu-receiving-award4-e1370185761668

प्रतिक्रिया