राजधानीमा पानीको नली छोइएको निहुँमा दलित महिला माथी कुटपिट

इनेप्लिज २०७२ फागुन ५ गते २३:२६ मा प्रकाशित

kamala 2

राजधानी काठमाडौमा मध्यान्ह दिनको समयमै पानीको नली छोइएकै निहुमा दलित महिला माथी निर्मम कुटपिट भएको छ l टोखा ,चण्डेस्वरि ,कोटाल वडा न ६ निवासी कमला नेपालीलाई माथि यस्तो घटना हुन् पुगेको छ l

टोखामा, पिडित नेपाली लामो समय देखि जग्गा खरिद गरि आफ्नै निवासमा छोरा ,बुहारी ,नाति, नातिनी सग बस्दै आएकी छिन् भने रोजगारको शिलशिलामा पति मलेसियामा छन् l गत फागुन ३ गते ४:३० बजे सोही गाउँ निवासी शान्ता केशी संग पानीको निहुमा भनाभन भए पछि घटनाले ठुलो रुप लिन पुग्यो l

kamala 1

शान्ता केशीले कमला नेपालीलाई जग्गा बेचेकी थिइन् l घर भुकम्पले क्षति भए पछि निज शान्ता केशी कमला नेपाली सगै नजिक घर बनाइ बसेकी थिइन् l शान्ता केशीहरुले प्रयोग गरि पानीको नली बाट चुहिएको पानी पीडित कमला नेपालीको परिवारले प्रयोग गर्दै आएका थिए l तर पछिल्लो समयमा शान्ता केसीले आफ्नो धाराको नलीको पानी तल्लो जात दमिनी भन्दै नदिने भन्ने गरेकोले बेला बेलामा भनाभन भै रहने चल्दथ्यो l

उक्त दिन यहि बिषयलाई लिएर कमला नेपालीकै घरमा आएर कुटपिट गरे पछि ठुलो गाउँको जमात जम्मा हुँदा दलित समुदाय मात्र दुई घर हुँदा पीडितको परिवार डरले घर भित्र लुक्न बाध्य भए l

पिडकको पति सादुराम केशिले पत्नीलाई झनै उक्साए पछि उहाँलाई बेहोस हुने गरि कुटे पछि मात्र पीडितको परिवारले टोखा प्रहरी चौकिमा लगे लगतै ग्रान्डी हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ l पिडक शान्ता केशी र निजका पतिलाई उक्त घटना कै दिन सामान्य सोधपुछ संगै टोखा प्रहरी चौकीबाट छोडिए l

पछि पीडितका आफन्त र परिवार न्यायको लागि चक्रपथ प्रहरी चौकीमा दलित तथा महिला अधिकारकर्मी सरु सुनारको बिशेष पहलमा फागुन ४ गते घटनाको विवरण चक्रपथ प्रहरी निरीक्षक टंक प्रसाद भट्टराईलाई जानकारी गराए l

kamala 3

यसको लगतै पिडकका दम्पतीलाई पक्राउ गरेर ल्याए पछि दोहोरो पक्ष बिच छलफल चलेपछि पीडित परिवारले न्यायको लागि अगाडि प्रक्रियामा बढ्ने जिकिर गरे पछि हिरासतमा पिडक दम्पतीलाई लागिएको छ l केही समयको आपसी छलफल तथा भलादमी व्यक्तिहरुले पीडित र पिडक परिवार राखी हिरासत मै मेलमिलापको लागि दबाब दिएको दलित अधिकारकर्मी सरु सुनारले बताइन l

सरुले चक्रपथ प्रहरी चौकीमा पीडित परिवारका छोरा छोरी , बुहारी र आफन्त सगै रहि न्यायको लागि वकालत गरिरहेको हिरासत भित्रै जातीय छुवाछूत र विभेद सामाजिक अपराध हो भन्दै रोष प्रकट गरेकी छिन् l यसरी दलित र दलित महिलाहरु धारा , पानी ,पाइप छोइएको निहुँमा मरणासन्य हुनि गरि कुटपिट गर्नु नयाँ संविधान २०७२ ले निजि तथा सार्बजनिक ठाउँमा गरिने अपमान बिभेदलाई सामाजिक अपराध घोषणा गरेको सरुले बताइन l

उनले भनिन यस्तो हुँदा पीडितलाई न्याय र पिडकलाई कानुनी रूपमा सजाय दिनुपर्ने जस्ले गर्दा समाजमा यस्ता अपराधिक घट्ना कम हुने तर माफी र मेलमिलापले छुवाछूत जस्तो सामाजिक अपराध झनै बढ्दै जान्छ भनिन l बिगतका यस्ता घटनाले देखाएको माग राख्दा सुनुवाइ नहुदा र पीडित परिवार उक्त घटनालाई अगाडि बढाउन आतंकित भएको हो ,दलित , महिला अधिकार कर्मी सरु सुनारले आफ्नो स्पष्ट भनाई राखिन l

बिरामीको अबस्था :

मेलमिलापको सम्झौता पछि ग्रेन्डी अस्पताल पुगेकी सरु सुनार बिरामीलाई भेट गरि बिरामी संगको सोधपुछमा बाहिर ठूलो देखिने घाउ नलागेको र कम्मरमा सामान्य चोट र घाँटी नीर पूरा सुन्निएको सरु सुनारले बताईन l यसै गरि टाउकोमा भित्र चोट लागेको हुँदा धेरै बोल्दा , सुन्दा चक्कर आउने ,टाउको उठाउन र फर्काउन गाह्रो भएको सरुले बताईन l चिकित्सकको परामर्श अनुसार टाउकोको रिपोर्ट आउन अझै २- ३ दिन लाग्ने र आराम जरुरत भएको हुँदा अस्पताल मै भर्ना भएर बस्नु पर्ने पीडितले जानकारी दिएकी छिन् l

आफू अपमानित भएर यसरि कुटाई खादा आफ्नो समुदाय कसैको साथ पाउदिन कि भनी निरास भएकी कमला नेपाली यत्रो साथ आफ्नो समुदायको पाउँदा आगामी दिनमा सधै साथको अपेक्षा राख्दै अब त यस्तो कुटाइ खानु पर्दैन कि भनि दुखेसो पोखिन l उनिहरु पनि सचेत हुन्छन् होला भन्दै अब कसैले पनि दलितहरुको यस्तो पीडा भोग्न नपरोस भनि दलित समुदायलाई एक जुट हुन सुझाव कमला नेपालीले दिएकी छिन् l

kamala 4

प्रतिक्रिया