आइतबार, माघ ४ २०७७
काठमाडौं ०८:३२
वासिङटन डिसी 21:47

जनसम्पर्क समिति युएइले चयन गर्यो काँग्रेस १३औँ महाधिवेशन प्रतिनिधि

इनेप्लिज २०७२ फागुन ४ गते २०:३४ मा प्रकाशित

Chitra KC

युएइ । नेपाली जनसम्पर्क समिति संयुक्त अरब इमिरेट्स (युएइ)ले नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागी युवा नेता चित्र केसीको नेतृत्वमा महासमिति सदश्य सहित सात जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ ।

जनसम्पर्क समिति युएइले दिएको जानकारी अनुसार साधारण सदस्य, क्रियाशील सदस्य, सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरुसंग भएको सामुहिक छलफल र सहमतिमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुको नाम टुंगो लगाएको हो ।

विवाद रहित तवरले चयन गरिएको महासमिति सदस्यहरुमा चित्रबहादुर केसी, खेमराज बस्नेत र महेश मोक्तान रहेका छन् भने महाधिवेशन प्रतिनिधिमा भवानी प्रशाद तिमिल्सिना, कृष्ण प्रशाद गौतम, चन्द्र विक्रम सारु मगर र राम कृष्ण पुन रहेका छन् । स्रोतका अनुसार नेपाली जनसम्पर्क समिति युएइबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु संस्थापन निकट रहेका छन् ।

नेपाली काँग्रेस महाधिवेशन लागी विदेश स्थित जनसम्पर्क समिति हरुको हकमा पाँच सय एक क्रियाशिल सदस्यहरु भएका देशहरुबाट तिन जना महासमिति सदस्य र चार जना महाधिवेशन प्रतिनिधिको रुपमा केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने विधानमा व्यवस्था रहेको छ ।

प्रतिक्रिया