आइतबार, माघ ११ २०७७
काठमाडौं ०४:२७
वासिङटन डिसी 17:42

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

इनेप्लिज २०७२ फागुन ४ गते १६:३३ मा प्रकाशित

chepyastraनयाँ दिल्ली, ४ फागुन । भारतले मङ्गलबार गृह निर्मित पृथ्वी–द्धितिय नामक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ ।

यो परीक्षण पूर्वी भारतीय राज्य उडिसामा गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
भारतीय सेनाद्धारा गरिएको यो परीक्षण जमिनबाट जमिनमा मार हान्न सक्ने खालको हो । यस परीक्षण सफलतापूर्वक सम्पन्न भएको भारतीय सैनिक अधिकारीले बताएका छन् ।

यस क्षेप्यास्त्र ३ सय किलोमिटरसम्म मारहान्न सक्ने क्षमताको रहेको बातइएको छ । भारतीय सैनिक सशस्त्रबलद्धारा यसअघि पृथ्वी पहिलो नामको क्षेप्यास्त्र पहिलो पटक सन् २००३ परीक्षण गरिएको थियो ।

प्रतिक्रिया