बिहीबार, माघ १५ २०७७
काठमाडौं ०४:१९
वासिङटन डिसी 17:34

अजय सेनका सहयोगि हातहरु

इनेप्लिज २०७२ फागुन ४ गते ११:१५ मा प्रकाशित

12746293_969118603159101_689661317_nपथरी फागुन ३
आफ्नो कार्यसिलसीलामा यूएसए पुगेपनि आफ्नो कर्म थलोमा सहयोग गर्ने एक युवा हुन अजय सेन । हालै उनले पथरी क्रिकेट कल्वमा जर्सि व्याड ग्लोब जस्ता सामान सहयोग गरेका छन । खेलकुदका सामानको अभावले खेल नभएको अवस्थमा बुझि अजयले एक्लै १५००० बराबरको सामान पढाएका हुन । खेलकुदका सामान पाएसंघै पथरी क्रिकेट टोली भारतको सिक्टी म्यच खेल्न गएको छ । युवाहरु कुलतमा नफसुन भन्ने उद्धेश्यले खेलकुदका सामान पढाएको पथरी क्रिकेटका अध्यक्ष गणेश कार्की बताउछन । बिदिशीए संगै गाँउ भुलने युवाहरुको जमातमा अजयका यि सहयोगी हातले युवाहरुमा जोसजागर थपिदिएको छ । गाँउ घरलाई अजय जस्ता सहयोगी युवाको खाचो छ । देशको यस्तो अवस्थामा बिदेशी भुमिमा परिश्रम गरेको पैसा सामाजिक क्षेत्रमा सहयोग गरेर आफ्नो ठाउको नाम चिनाउन चाहान्छन । पथरीशनिचरेका हरेक संघ सस्थामा सहयोगी भुमिका निर्वाह गर्दा गर्दै यूएसए पुगेका अजय गाँँउ घरमा सहयोग गर्दा घर छोडेको पिडा भुलाउने बताउछन । पथरीको उन्ती र प्रगतीमा अहोरात्र खटिहिडने अजय सेन पथरीका खेलाडीहरुका सहयोगिका रुपमा चिन्निछन । गाँँउ घरमा रहदा पनि उनले पिछडीएका वर्गकालागी सहयोग गर्दै आएका र आगामि दिनमा सहयोग गने बताए ।

प्रतिक्रिया