मुलुकभरका अलैँची व्यवसायी हलेसीमा
खोटाङ, ४ फागुन । नेपाल अलैँची व्यवसायी महासङ्घको दोस्रो अधिवेशनका लागि मुलुकभरका व्यवसायी खोटाङको हलेसीमा भेला भएका छन् ।
नेपाल अलैँची व्यवसायी महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनको सिलसिलामा मुलुकभरका अलैँची कृषक र व्यवसायी खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भेला भएका हुन् ।
‘कृषि वस्तुको पहिचान, हाम्रो साझा अभियान’ भन्ने नारासहित महासङ्घको अधिवेशनमा सहभागिताका लागि खोटाङलगायत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, दोलखा, काभ्रे, गोरखा, लमजुङका अलैँची व्यवसायी आइपुगेका छन् ।
अधिवेशनमा १३ जिल्लाका पाँच/पाँचजना र संस्थापक केन्द्रीय समितिका गरी १५० प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै हरेक जिल्लामा उत्पादित अलैँचीलाई प्याकेजिङ, लेबलिङ र बजारीकरणका विषयमा रणनीति तयार गर्दै सकिने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचन नभए अधिवेशन मङ्गलबार समापन हुने जनाइएको छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया