एकता समाजको अध्यक्ष बाहेक सबै पदमा निर्बिरोध
लसएञ्जलस, १५ फेब्रुवरी / नेपाल अमेरिका एकता समाजको नयाँ नेतृत्वका लागि अध्यक्ष बाहेक सबै पदमा निर्बिरोध भएको छ ।
संस्थाको फेब्रुअरी २१, २०१६ को अधिवेशन समयमा हुने निर्वाचनको लागि धारा २० को उपधारा २ बमोजिम अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वित्तीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र नौ सदस्यको चयन गर्नु पर्ने थियो ।
हिजो भएको उम्मेदवारी दर्ताको अन्तिम समय सम्म अध्यक्ष पदमा इन्दिरा त्रिपाठी, झमक प्रसाद निरौला र सूर्य प्रसाद प्रसाईंले उम्मेदवारी दर्ता गराएकाछन ।
प्रथम उपाध्यक्षमा टेक बहादुर लामा, द्वित्तीय उपाध्यक्षमा डिल्ली सिलवाल, महासचिवमा डोल्मा लामा, कोषाध्यक्षमा अञ्जना बस्नेत र सदस्यहरूमा बद्री बराल, बीरवल बुढाथोकी, चक्रपाणी मिश्र, चन्द्र प्रसाद सिवाकोटी, देविचरण घिमिरे, दीपा पौडेल, ज्ञानेन्द्र गुरुङ, नवीन पोखरेलर तुलसा कार्की रहेकाछन । सचिव पदमा भने कसैको पनि उम्मेद्वारी परेको छैन ।
उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता वा दाबी विरोध गर्ने कार्यक्रम फेब्रुअरी १६ ,२०१६ बेलुकी ४.३० सम्म रहेकोछ । भोलि सम्म कसैको दाबी विरोध नपरेमा वा उम्मेदवारी फिर्ता नभएमा अध्यक्ष बाहेकका पदमा निर्बिरोध हुँदैछ । अध्यक्ष पदमा उम्मेदवारी फिर्ता नभएमा २१ फेब्रुवरीमा मतदान हुने कार्यक्रम रहेकोछ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया