आइतबार, माघ ४ २०७७
काठमाडौं ०८:३४
वासिङटन डिसी 21:49

सैनिक हेलिकोप्टर दुर्घटनामा तीन सैनिक मारिए

इनेप्लिज २०७२ फागुन ३ गते १०:०४ मा प्रकाशित

Pakistan-sena-helicoptorसोल, ३ फागुन । दक्षिण कोरियाको एक सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा परी कम्तीमा पनि तीन जना सैनिकको ज्यान गएको समाचार छ ।

दक्षिण कोरियाली सेनाको एउटा सानो हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ । सैनिक दक्षिण कोरियाली राजधानी सोलको एक सैनिक क्याम्पको नजिकै भएको दुर्घटनामा परी ती सैनिक मारिएका कोरियाली समाचार समिति योनहापले जनाएको छ ।

सो सानो हेलिकोप्टर सैनिकको रहेको र सैनिकले आयोजना गरिरहेको तालिमको उड्डयनका क्रममा सो दुर्घटना भएको बताइएको छ ।

सो हेलिकोप्टरमा रहेका तीनजना सेनाको ज्यान गएको छ भने एकजना ५० वर्षीय पाइलट गम्भीर रुपमा घाइते भएका सेनाले जनाएको छ ।

प्रतिक्रिया