बिहीबार, असार १० २०७८
काठमाडौं ११:३८
वासिङटन डिसी 01:53

इराकमा नागरिक हत्या बढ्यो

इनेप्लिज २०७२ फागुन ३ गते १०:०१ मा प्रकाशित

hatya-imageबग्दाद (इराक), ३ फागुन । इराकमा सन् २०१४ को तुलनामा सन् २०१५ मा नागरिक हत्याको शृङ्खला बढेको समाचार छ ।

इराकमा सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को अन्त्यसम्म द्वन्द्वका कारण मारिएको नागरिकको सङ्ख्या कम्तीमा पनि १८ हजार ८०२ पुगेको बताइएको छ ।

यसरी मारिनेमा सर्वसाधारण नागरिक धेरै परेका छन् । इराकमा भएको यस मृत्युको पछिल्लो तथ्याङ्क संयुक्त राष्ट्रसङ्घद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ ।

इराकमा पछिल्लो समयमा आइएसका कारणले आतङ्क भएको बताइएको छ । त्यस आतङ्कका कारण इराकी सुरक्षाकर्मी र इस्लामिक स्टेट (आईएस) समूहबीच समय समयमा हिंसा मच्चिने गरेको छ ।

सो हिंसामा परी ९० प्रतिशत भन्दा बढी सर्वसाधारण मारिएका छन् । करिब १८ हजार ८०२ जनाको मृत्यु भएको र यसको दोब्बर अर्थात् ३८६ हजार २४५ जना घाइते भएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आइएसको ज्यादतिका कारण इराकमा मानवअधिकार पनि उल्लङ्घन भएको पाइएको छ । प्रतिवेदनअनुसार ठूलो सङ्ख्यामा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

यस अवधिमा हजारौँ महिला तथा बालबालिकालाई पनि दासको रूपमा प्रयोग गरिएको तथ्याङ्कमा जनाइएको छ । त्यस्तै यस अवधिमा करिब ९०० जना बालबालिका अपहरणमा परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया