बेलायतमा केन्ट कलमको “प्रणय दिवस” ।

इनेप्लिज २०७२ फागुन ३ गते ०:४८ मा प्रकाशित

image (2)

लण्डन २ फाल्गुण । अन्तराष्ट्रिय रुपमा मनाईदै आएको “प्रणय दिवश“को अवसरमा बेलायत केन्ट कलमले विश्व नेपाली साहित्य महासंघको व्यानरमा साहित्यिक तथा सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । साहित्कार विजय हितानको संयोजकत्वमा उपस्थित साहित्यकारहरुले आ–आफनो शिर्जना प्रस्तुत गरेका थिए ।
उक्त गोष्टिमा दर्शकहरुको मन छुने गीतहरु पनि प्रस्तुत गरिएको थियो । चौध फेब्रुवरीमा मनाईने यो दिवसका अवसरमा बेलायत केन्टका सांगीतिक कलाकारहरुको सहभागितामा बिशेष कार्यक्रम पहिलो पल्ट गरिएको हो । बातवरणविद हितान लगायत केन्ट कलमको सहकार्यमा सम्पन्न कार्यक्रममा गायक धन गुरुङ, विजय लिम्बु, थिर थापा मगर , गीतकार जानुका राई, सिब राई, संजिब राई “ पारदर्शी” बाल कलाकार सेखर राई तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष विश्वासदिप तिगेलाको सहभागिता रहेको कार्यक्रममा गीतकार तथा बाँसुरी गायक सुरेन्द्र ईग्नामले आफु उपस्थित हुन नसकेकोमा दुख व्यक्त गर्दै भिडियो समाचार मार्फत “प्रणय दिवश”को शुभकामना पठाएका थिए ।

image (1)
उक्त कार्यक्रममा त्रिभुवन विश्व विद्यालयबाट साहित्यिक बिषयमा स्नातकोत्तर गरेकी साहित्यकार जानुका राईले बेलायत जस्तो ब्यस्त देशमा ‘प्रेम दिवशको’ अवसरमा बिषेश कार्यक्रम आयोजना गरिएकोमा ब्यावस्थापक कथाकार विजय हितानलाई धन्यवाद आभर प्रकट गर्दै आफ्ना मन्तव्य व्यक्त गरेकी थिईन् । कर्मभूमिमा भाग्य उत्खनन गर्न आतुर हामी सृजनलीलतामा अलि मत्थर र सुस्त भएर क्षितिजको गतीरतिर अस्ताउन लागेका केन्ट कलम साहित्यिक मंचलाई झकझकाउने प्रयाशमा लाग्नुको महत्व र हाम्रा मन मस्तिष्कहरू स्फूर्तिका साथ सृजनात्मक कार्यहरु सक्रिय बन्ने अबसर पाउनेमा विश्वाश दिलाएकी थिईन् । प्रदेशी भूमिमा साहित्यिक जीवनको खेती गर्न एकोहोरो जोतिन सम्पूर्ण साहित्यकारहरुलाई प्रोत्साहन गराउदै साहित्यिक संगमको सामिप्यमा केहिपललाई समाहित गर्न सकिएमा आनन्दको अनुभूत जिवनमा पाउन सकिने दृढ़ विश्वास गराएकी थिईन् ।

image (3)
साहित्यकार विश्वासदिप तिगेलाबाट स्वागत मन्तव्य राखिएको कार्यक्रममा युवाहरु माँझ चर्चित बनिरहेका गीतकार संजिब राई (डाइमण्ड लाहुरे)ले “प्रेम दिवश” मा आधरित कविता नेपालमा रहेकी जिवन साथिलाई समर्पित गर्दै प्रस्तुत गरिरहदा दर्शकदिर्घामा रहेका श्रोताहरुलाई प्रेममा चुर्लुम्म डुबाएका थिए । रेडियो नेपालमा २०४० सालतिर प्रबेश गरेका गायक तथा बेलायत नेपाली समाजमा पहिलो काउन्सिलर बन्न सफल धन गुरुङले “डाडा पारीको त्यो गाँउमा, जाउ जाउ मन लाग्छ, चिसो हावाले सन्देश ल्याउछ लाहुरेको यो जिवनमा” मायालु भाकामा सजिएका “तिमी यसै लजायौ, म उसै धकाए” र जिवन लिम्बुले “बादलहरु ब्र्सि देउ” “सागर बनि जहा गएपनि म किनार बनि पछ्याई रहन्छु” जस्ता चर्चित गितहरु प्रस्तुत गरिरहदा उपस्थित दिर्घामा रहेका श्र्रोताहरुको आखामा आशु देखिएको थियो ।
प्रेम दिवशको रुपमा मनाइने यो चाडलाई नेपाली समाजमा पनि प्रणय दिवस वा प्रेम दिवसले चिनिन थालिएको छ । यसरी चिनिन थालिन सुरुवात भएको त्यति लामो इतिहास भने भएको छैनन् । पिरती दिवशको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइन नामबाट रहन गएको ईतिहार भटिन्छन् । प्रणय दिवश धार्मीक चाडको रुपमानै मनाइदै आएकोमा बिस्तारै धर्म ,कर्म र रमाइलो ज्यादा गरिने भएकोले विस्तारै अरु धर्मावलम्बीहरुले पनि यसको अनुशरण गर्न थालेको बुद्विजिविहरुको तर्करहेको छ ।

v1
प्रेम कुनै धर्म, जात जाती वा भौगोलिक अवस्थामा भर नपर्ने हुनाले पनि यसको बिश्वव्यापीकरण भएको हुनु पर्छ । नेपाली युवाहरुले देश र संस्कृतिको सिमालाई नाघ्दै पश्चिमी संस्कृति भित्राइ रहेका छन् भन्ने मानिसहरुका पनि कमी नभएता पनि समय अनुसार चल्दै जाने मानसिकता हुनेहरु यो चाडले कुनै नराम्रो गरेको ठान्दैनन् ।

प्रतिक्रिया