बिहीबार, माघ ८ २०७७
काठमाडौं २१:०९
वासिङटन डिसी 10:24

नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा, नवयुगको ह्याट्रिक

इनेप्लिज २०७२ फागुन २ गते ४:३५ मा प्रकाशित

Football-2-650x433काठमाडौं, २ फागुन । नेपाल १७ वर्षपछि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को फाइनलमा प्रवेश गरेको छ ।

भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार राति गुवाहाटीस्थित इन्दिरा गान्धी रङ्गशालामा भएको पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्स ४-३ गोलले लाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

खेलमा नवयुग श्रेष्ठले हृयाट्रिक गरे । अतिरिक्त खेलमा ३-२ ले पछाडि परेको नेपाललाई अन्तिम दुई मिनेटमा नवयुगले गोल गरेर बराबरीमा पुगाए । त्यसपछि थपिएको समयमा थप एक गोल गरेर नेपाललाई एतेहासिक सिजत दिलाए । यसअघि नवयुगले भूटानविरुद्ध समूहचरणको खेलमा पनि हृयाट्रिक गरेका थिए ।

काठमाडौंस्थित दशरथ रङ्गशालामा सन् १९९९ मा भएको आठौँं साफमा नेपाल फाइनलमा पुगेको थियो । त्यसयता फाइनल यात्रा तय गर्न नसकेको नेपालले यसअघि १९८४ र १९९३ मा फुटबलमा स्वर्ण पदक हात पारेको थियो ।

माल्दिभ्सलाई हराएसँगै नेपालले अब स्वर्ण पदकका फाइनलमा भारतसँग भिड्नेछ । जितपछि नेपाली प्रशिक्षक राजुकाजी शाक्यले भारतलाई हराउन सम्पूर्ण अस्त्र प्रयोग गरिने बताए । नेपालले २३ वर्षअघि स्वर्ण जित्दा शाक्य टोलीका कप्तान थिए ।

समूह चरणको पहिलो खेलमा भुटानलाई नेपालले ५-० ले हराएको थियो भने बङ्गलादेशसँग २-१ को हार व्यहोरेको थियो । प्रतियोगिता अन्तर्गत आज भएको अर्को सेमिफाइनलमा आयोजक भारतले बङ्गलादेशलाई ३-० गोलले पराजित गरेर फाइनलमा पुगेको छ ।

नेपालका लागि अन्जन विष्टले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो गोल नवयुग श्रेष्ठले ३६ औं मिनेटमा गरे । तर, दोस्रो हाफमा नेपाल दबाबमा पर्यो ५२ औं मिनेटमा नेपालले एक गोल खायो । खेलको अन्तिममा माल्दिभ्सले गोल थप्दै २–२ को बराबरीमा पुर्यायो ।

प्रतिक्रिया