गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

इनेप्लिज २०७२ फागुन २ गते ३:२७ मा प्रकाशित

नवलपरासी, २ फागुन । नवलपरासीमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।

नवलपरासीको नयाँबेलहानी–५ मा रहेको सरस्वती निमाविका करिब एक सय छात्रछात्रालाई शनिबार एक कार्यक्रमबीच निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको हो ।

भूकम्प प्रभावित, बाढीपीडित र दलित जनजाति समुदायका गरिब र विपन्न विद्यार्थीलाई नयाँ बेलहानी गाविसका गाविस सचिव घनश्याम गाहले शैक्षिक सामग्री प्रदान गर्नुभएको थियोे ।

व्यवसाय स्थापनाको २० वर्ष पूरा गरेको र पुस्तक दिवस पारेर बालबालिकालाई निःशुल्क रुपमा किताब कापी र अन्य स्टेसनरीका सामग्री वितरण गरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया