सरस्वती पूजामा अमेरिका नेपाल शिक्षा सदनको नेपाली बिद्यालय संचालनमा

इनेप्लिज २०७२ फागुन १ गते १७:४९ मा प्रकाशित

12744241_733551533412887_1282074767924070015_n

अमेरिकाको डिसी महानगर क्षेत्रको नेपाली समुदायको बाक्लो बस्ति भएको भर्जिनियाको मनासस शहरमा अमेरिकामा जन्मेका तथा नेपाली बालबालिकाहरुका लागि भाषा संस्कृति तथा नेपाल परिचय सम्बन्धि मुख्य लक्ष्य लिएर आज बिद्यालय औपचारिक रुपमा संचालनमा आएको छ l

डिसी महानगर क्षेत्रको मनासस क्षेत्रमा स्थापित गैर मुनाफा सामाजिक संस्थामा अमेरिका नेपाल सहयोगी समाजको बिशेष पहलमा नेपाली पाठशाला संचालनमा आएको हो l

12670449_733551553412885_4472806138899981804_n

गत फेब्रुअरी ६ ,२०१६ तारिख देखि नै कक्षा संचालनमा आएता पनि अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले पढाउने जिम्मेबार लिएको छ l

सरस्वती पूजा / श्री पंचमीको पावन अवसरमा उद्घाटन गरिने योजना अनुसार आज एक समुद्घाटन कार्यक्रममा भर्जिनियामा रहेका महत्वपूर्ण व्यक्तित्वको उपस्थितिमा नेपाली पाठशाला विधिवत रुपमा संचालनमा आएको छ l

12688048_733551766746197_6578802543679568493_n

उक्त नेपाली पाठशालामा नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षक नियुक्त भएका छन् l गत फेब्रुअरी ६ तारिख देखि नै कक्षा संचालन बिबिध बिषयमा भै रहेको छ भने बिद्यालयमा ३ जना शिक्षक वैतनिक हुने छन् भने २ जना अवैतनिक (स्वयम् सेवक)मा काम गरि रहेका छन् l

यसै गरि उक्त बिधालयमा नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षक पनि रहेका छन् l नेपालको सरकारी तथा निजि बिध्यालयका पाठ्यक्रमका पुस्तक झिकाईएको र नेपालका युकेजी देखि ३ सम्म का पाठयक्रम अनुसार पढाईने भएको छ l

12744509_733551773412863_2340526496148029506_n

उक्त कार्यक्रममा म्यारिल्याण्ड इन्डियन हेड शहरकाका उप नगर प्रमुख ,किरण सिटौला ,बुद्धिजीविको तर्फ बाट प्रा डा गोपी उप्रेती ,समाज सेवी प्रेम संग्रौला ,अनेसासका संस्थापक तथा साहित्यकार होम नाथ सुबेदी लगायत बिशेष अतिथिहरुको उपस्थिति रहेको थियो l

पानसमा बत्ति म्यारिल्याण्ड इन्डियन हेड शहरका उप नगर प्रमुख ,किरण सिटौलाले गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने सरस्वती पूजा परेकोले सरस्वतीको तस्बिरमा पूजा आर्चना समेत गरिएको थियो l

IMG_7113

कार्यक्रममा तथा अमेरिकन राष्ट्रगान बाट कार्यक्रम सुरुवात गरिएको थियो l कार्यक्रममा शिक्षक ,अभिभावक ,समाज सेवी तथा अन्य अतिथिहरुले बोलेका थिए l समाज सेवी प्रेम संग्रौलाले काउन्टीमा सम्पर्क गर्न सके केहि सुबिधा पनि प्राप्त गर्न सकिने बताउदै शुभकामना दिएका थिए l अभिभावकको तर्फ बाट दधि ढुंगानाले अमेरिका नेपाल शिक्षा सदन भएकोले पहिला तिन अक्षर आफुलाई राम्रो लागेको बताए l अनेसासका संस्थापक तथा साहित्यकार होम नाथ सुबेदीले गुरु नै सबै भन्दा ठुलो पाठ्यक्रम हो भने l

यसै गरि बुद्धिजीवि प्रा डा गोपी उप्रेतीले शुभकामनाको साथै इट टेक्स दि होल भिलेज टू रेज ए चाएल्ड भन्ने भनाई अर्थात् सम्पूर्ण समुदायको सहयोग बिना पुरानो पुस्ता बाट नया पुस्तामा ज्ञान हस्तान्तरण गर्न नसकिने हुन्छ l तसर्थ पहिलो पिढी बाट दोश्रो पिढीमा यो अनिवार्यता हुन्छ भनि तर्क पेस गरे l

12733535_733551373412903_1448809822821073306_n (1)

संस्थाले गरेको अहम भूमिकाको सराहना गर्दै र केहि सुझाब राखेका थिए l ईन्डियन हेड शहरका उप नगर प्रमुख ,किरण सिटौलाले धेरै महत्व पूर्व कुरा पस्कदै बिद्यालयलाई आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गरे l

अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मीले सबैलाई धन्यबाद दिदै बिद्यालयले गरेका काम र भाबी योजना बारे मन्तब्य राखेका थिए l

कार्यक्रम संचालन कमला खरेल तथा सुनिता सुबेदी गौतमले पालै पालो गरेका थिए l

IMG_7008 IMG_7009

IMG_7019

IMG_7098

IMG_7094

IMG_7126

IMG_7089

IMG_7106 IMG_7101

12728825_733551316746242_7260139918203410488_n 12669593_733551716746202_1188841118622728658_n 12728901_733551826746191_5905374474797472722_n

उद्घाटन कार्यक्रमको श्रब्य दृश्य (भिडियो )

प्रतिक्रिया