डाँगिहाट खेलकुद महोत्सव सुरु
पथरी माघ २९,
डाँगिहाटको लक्ष्मीमार्ग स्थीत लक्ष्मी उच्च मा.वि. खेल मैदानमा डाँगिहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगिहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ गते देखी डाँगिहाट खेलकुद महोत्सव सुरु भएको छ । “खेलकुदको विकास गरौ, राष्ट्र पहिचानमा टेवा पु¥याऊँ” भन्ने मुल नाराका साथ सुरु भएको उक्त महोत्सव पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष शंकर राई द्धारा फुटवल प्रदर्सन गरेर उद्घाटन गरियो । लोपहुन लागेका पुराना परम्परागत खेलहरु जस्तै हाडिफोड, कबड्डि, डन्डीबियो, भलिबल लगायतलाई प्रवर्दन गर्ने उद्धेश्यले उक्त महोत्सवमा ती खेलाहरु समेत खेलाईने आयोजक डाँगिहाट युथ क्लवका अध्यक्ष बिक्रम राईले जनाए । महोत्सव उद्घाटनका क्रममा बिभिन्न जातजातीका मानिसहरु आआफ्ना परम्परागत भेषभुसामा सजिएर आउनुका साथै झाकिहरु समेत प्रदर्सन गरेका थिए । महोत्सवमा दैनीक खेलहरु खेलाईनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यतीप्राप्त कलाकारहरुले दर्शकहरु समक्ष आफ्नो सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिनेछन । महोत्सव आगमि फागुन १० गते समापन हुने आयोजक समितिका सदस्य ज्ञानुराज राईले बताए ।
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
प्रतिक्रिया