ह्यान्डबलमा नेपालको विजयी सुरुवात
इनेप्लिज
२०७२ माघ २८ गते १५:३९ मा प्रकाशित
गुवाहटी (भारत), २८ माघ । जारी १२औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा नेपालले आज विजयी सुरुआत गरेको छ । पुरुष र महिला दुवै टिमले जितका साथ आफ्नो यात्रा सुरु गरेका छन् । पुरुषमा नेपालले अफगानिस्तानलाई २९–२६ ले पराजित गरेको छ ।
महिलामा नेपालले समूह ‘ए’ को लिग खेलमा श्रीलङ्कालाई ३६–२४ ले जितेको थियो । जितमा रन्जना राई र उमा राईले १०–१० गोल गरेका थिए । तीन राष्ट्र रहेको उक्त समूहमा भारत पनि सहभागी छ ।
समूह ‘बी’ मा पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र अफगानिस्तान रहेका छन् । नेपालले भोलि भारतविरुद्ध खेल्ने छ ।
यसैबीच कबड्डीमा पाकिस्तानसँग नेपाल पराजित भएको छ । पाकिस्तानसँग ३४÷१३ को स्कोरमा नेपाल पराजित भएको हो ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया